१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसमा को–कति बलियो ?

१७ मंसिर २०७८, शुक्रबार ०३:३९

मङ्सिर १७, काठमाडौँ | एक सातापछि १४औं महाधिवेशनको तयारीमा जुटेको कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। 

६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।  

पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल (देउवा र इतरसमूह) बीच जिल्ला नेतृत्वमै कडा प्रतिस्पर्धा भएको छ। केही जिल्लामा तेस्रो धारका कृष्ण सिटौला पक्षले पनि नेतृत्व हात पारेको छ। कतिपय जिल्लामा देउवा र सिटौला पक्ष मिलेर पौडेल समूहसँग प्रतिस्पर्धा गरेका छन्। देउवा पक्षले ३२ वटा जिल्लामा सभापति जितेको छ भने देउवा र इतर पक्षले २७ जिल्लामा नेतृत्व लिएको छ। दुई जिल्लाका सभापतिमा सिटौला पक्षले जित निकालेको छ। महाधिवेशन प्रतिनिधिमा पनि देउवा र इतर पक्षबीच कडा प्रतिस्पर्धा भएका छन्। 

- यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन