४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले तोक्यो ‘राष्ट्रिय सम्मेलन’ विशेष जिम्मेवारी, कसलाई के ?

१९ मंसिर २०७८, आईतवार १०:१४

मंसिर १९, काठमाडौं | नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ। आगामी पुस ११ देखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ। राष्ट्रिय सम्मेलनमा करिब २ हजार प्रतिनिधि हुने जनाइएको छ। सम्मेलन व्यवस्थापनका लागि विभिन्न नेताको नेतृत्वमा उपसमितिहरू समेत बनाइएका छन्।

माओवादी केन्द्रको मंसिर १६ र १७ गते बसेको स्थायी समिति बैठकले विभिन्न समितिहरू बनाउने निर्णय गरेको थियो। उक्त बैठकका निर्णयहरू कार्यान्वयन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १८ बुँदे सर्कुलर समेत जारी गरेका छन्। माओवादी केन्द्रले विधान परिमार्जन गर्ने भएको छ। राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न नेता देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका प्रसाद यादव रहेको समिति गठन गरेको छ।

त्यसैगरी राष्ट्रिय सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत,गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरेको छ। माओवादीले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ। जसमा डिलाराम आचार्य, नारायण दाहाल,सत्य पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल मुख्य सचिव केन्द्रीय कार्यालय, रामप्रसाद सापकोटा र जगत सिंखडा सदस्य रहेका छन्।

त्यसैगरी प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन गरेको माओवादीले जनाएको छ। माओवादीले सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज, अध्यक्ष र सचिव बाहेक सबै केन्द्रीय सदस्यहरू प्रदेश सहइन्चार्ज रहने र जिल्ला इन्चार्ज केन्द्रीय सदस्य नै रहने यस अघिको इन्चार्ज तोकिएका केन्द्रीय प्रतिनिधिहरू जिल्ला सहइन्चार्ज रहने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’