२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशन : कसले केमा गरे उम्मेदवारी घोषणा ?

२०७८, २१ मंसिर मंगलवार ०८:०३

मंसिर २१, काठमाडौँ | नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै पदाधिकारी र केन्द्रीय सदस्यमा धमाधम उम्मेदवारी घाेषणा भइरहेकाे छ। महाधिवेशन उद्घाटन हुन तीन दिन बाँकी हुँदा पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने क्रम बढेकाे हाे ।

महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।  महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम पनि सुरु भएको छ ।

कांग्रेसमा वडा, पालिका, क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन सकिएको छ ।  प्रदेश २ अधिवेशन भने महाधिवेशन लगत्तै गर्ने गरी स्थगित गरिएको छ । कांग्रेसमा केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यका आकांक्षी धेरै छन् । खासगरी उमेरहदका कारण पनि पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको संख्या बढेको हो ।

सभापतिमा ६ जनाभन्दा बढी आकांक्षी देखिएका छन् । जसमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शेखर कोइराला र कल्याण गुरुङ छन् ।

देउवाले सोमबार फेरि एकपटक सभापतिमा उठ्ने घोषणा गरेका छन् । पौडेलले आकांक्षा देखाए पनि उठ्ने नउठ्ने निश्चित गरिसकेका छैनन्। निधि र सिंहले त सभापतिमा उठ्ने भनेर सम्पर्क कार्यालय नै खोलेका छन् ।

उपसभापतिमा अहिलेसम्म चन्द्र भण्डारीले मात्र उम्मेदवारी दिने घोषणा गरेका छन् । गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । एनपी साउदले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । तर, घोषणा गरेका छैनन् । डा.प्रकाशमान सिंहले महामन्त्रीमा दाबी गरे पनि उठ्ने नउठ्ने निश्चित गरिसकेका छैनन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका छन् । केही दिनअघि नै पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पाँचथरका नेता भीष्मराज आङ्देम्बेले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । यस्तै, केन्द्रीय सदस्य जीवन परियारले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सबैभन्दा धेरै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा भएको छ । उदयशमशेर राणा, जितजंग बस्नेत, मदन अमात्य, अजय शिवकोटी लगायतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित