४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कांग्रको सभापतिमा मेरो उम्मेदवारी स्वभाविक : प्रकाशमान सिंह

२१ मंसिर २०७८, मंगलवार ०८:३८

मंसिर २१, काठमाडौँ | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू नेपाली कांग्रको सभापतिमा स्वभाविक उम्मेदवार भएको बताएका छन्। मंगलबार महाधिवेशन लक्षित सम्पर्क कार्यालय उद्घाटन गर्ने क्रममा साधारण कार्यकर्ता हुँदै उपसभापतिसम्म भएकाले आफू स्वाभाविक उम्मेदवार भएको बताएका हुन्।

१४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका उनले पार्टीमा प्राप्त गरेको अनुभवका आधारमा स्वाभाविक उम्मेदवार भएको पनि बताए। कांग्रेसको विद्यार्थी संगठन, काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति भइसकेकाले आफू स्वाभाविक उम्मेदवार भएको सिंहको भनाइ थियो।

संस्थापन इतर समूहबाट आफू साझा उम्मेदवार बन्ने सिंहको भनाइ थियो। महाधिवेशन लक्षित सम्पर्क कार्यालय खोलेबाटै आफू सभापतिमा उम्मेदवार बन्न कति दृढ हो भन्ने कुरा बुझ्न उनले आग्रह गरेका थिए। उनले आफूहरू एउटामात्र उम्मेदवार तय गर्नका लागि निरन्तर छलफलमा रहेको पनि जानकारी दिए। उनले मंगलबार दिउँसो १ बजे आफ्नो निवास चाक्सीबारीमा रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइरालालगायतका नेताहरूको छलफल आयोजना गरिएको पनि जानकारी दिए।

एउटा मात्रै उम्मेदवार तय गर्नका लागि सजिलो नभएकाले सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियामा सबै नेताहरू जानुपर्ने उनको भनाइ थियो। साझा उम्मेदवार बनाउनका लागि प्रयास जारी रहेको छ। भएन भने लोकतान्त्रिक पार्टी हो, स्वच्छ प्रतिस्पर्धा गर्नेबाहेक के उपाय हुन सक्छ र ,उनले भने।

बिहान ८ बजेदेखि साँझ सम्म नै आफ्नो सम्पर्क कार्यालय खुला रहने सिंहले बताए। देशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूसँग सभापतिको उम्मेदवारलाई भेट्न सहज होस् भनेर कार्यालय खोलेको उनको भनाइ थियो। सम्पर्क कार्यालय उद्घाटनमा सिंह निकट नेताहरूको उपस्थिति थियो। कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’