मङ्सिर २२, काठमाडौँ | विप्लव सहित ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ । बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले एमसीसीको विरोध गर्दै मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको हो ।
बैठकले मङ्सिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय गरेको छ भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम गर्ने तयारी रहेको छ ।
संघीय संसदको दुबै सदनको बैठक मंसिर २८ गते मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन आह्वान गरेकी हुन् । सो बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव हुने बुझिएको छ ।