३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस जोगाउने अन्तिम लडाईंको दाउमा पौडेल ! साझा उम्मेदवार नतोके राजनीतिको इतिहासमै नरहने घोषणा !

२३ मंसिर २०७८, बिहीबार ११:१०

कमल बिक्रम जिसी, मंसिर २३, काठमाडौं | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी जोगाउने अन्तिम लडाईंमा छन् । खासगरि शेरबहादुर देउवा नेतृत्वको कांग्रेस इतिहासमै सबैभन्दा कमजोर भएकोमा चिन्ता गर्दै त्यसबाट जोगाउनुपर्ने आवाज उठ्दै आएको थियो। देउवाले फेरि कांग्रेसको नेतृत्व गरे कांग्रेस विचारविहीन पार्टीका रुपमा कुलिन, सम्भ्रान्त, ठेकेदार, व्यापारी तथा दक्षिणपन्थी नवप्रवेशीहरुको कब्जामा जाने चिन्ता प्रकट हुँदै आएको छ । त्यही भएर यो महाधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य ठानिएको छ ।

यसका लागि पौडेल समूहबाट जसरी पनि एउटा मात्रै उम्मेदवार हुनुपर्छ भन्ने देशभरका नेता कार्यकर्ताबाट आवाज उठ्दै आएको छ । यसै कारण पौडेल समूहबाट आकांक्षी देखिएका वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले सहमतिमा एक जना मात्र उम्मेवदार बन्ने बताउँदै आएका थिए । तर महाधिवेशनको मुखैमा आएर पौडेल समुहबाटै आकांक्षी रहेका सिंह र शेखर दुवैले सभापतिको उम्मेदवार नबनी नछोड्ने हठ कायम राखेका कारण कांग्रेस फेरि देउवाकै नेतृत्वमा जाने संभावना बढेपछि त्यसलाई रोक्न पौडेलले सबै विकल्प खुला राखेका छन् ।

उनले देउवाको नेतृत्वबाट कांग्रेसलाई मुक्त गरेर जोगाउन आफूले त्याग गर्ने र यसका लागि डा शशांक कोइराला, शेखर र प्रकाशमानबीच सहमति कायम गरि एउटै उमेदवार तोक्न पर्ने प्रस्ताव गरे । शशांकले पनि देउवाको नेतृत्वबाट कांग्रेसलाई मुक्त गर्न आफु त्याग गर्न तयार रहेको र वरिष्ठ नेता पौडेलका नाममा सहमति गर्न सिंह र शेखरलाई आग्रह गरे ।

शशांकको यस्तो आग्रहपछि पनि सिंह र शेखरले नमानेपछि पौडेलले उनीहरुबीच नै एकता गरेर भएपनि देउवालाई रोक्न प्रस्ताव गरे । पौडेल सबैभन्दा वरिष्ठ भएर पनि सहमतिका लागि आफु सभापतिको उम्मेदवार नबन्ने प्रस्ताव गर्दा समेत सिंह र शेखर दुवैले उम्मेदवार बन्ने जिद्दी नछाडेपछि फेरि कांग्रेस देउवाकै पोल्टामा जाने विषयले पौडेललाई निकै दुःखी तुल्यायो । त्यही भएर उनले भावुक हुँदै आफ्नो समुहमा सहमतिको साझा उमेदवार नतोक्ने हो भने, आफुले राजनीतिबाटै विश्राम लिने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’