२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस जोगाउने अन्तिम लडाईंको दाउमा पौडेल ! साझा उम्मेदवार नतोके राजनीतिको इतिहासमै नरहने घोषणा !

२०७८, २३ मंसिर बिहीबार ११:१०

कमल बिक्रम जिसी, मंसिर २३, काठमाडौं | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी जोगाउने अन्तिम लडाईंमा छन् । खासगरि शेरबहादुर देउवा नेतृत्वको कांग्रेस इतिहासमै सबैभन्दा कमजोर भएकोमा चिन्ता गर्दै त्यसबाट जोगाउनुपर्ने आवाज उठ्दै आएको थियो। देउवाले फेरि कांग्रेसको नेतृत्व गरे कांग्रेस विचारविहीन पार्टीका रुपमा कुलिन, सम्भ्रान्त, ठेकेदार, व्यापारी तथा दक्षिणपन्थी नवप्रवेशीहरुको कब्जामा जाने चिन्ता प्रकट हुँदै आएको छ । त्यही भएर यो महाधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य ठानिएको छ ।

यसका लागि पौडेल समूहबाट जसरी पनि एउटा मात्रै उम्मेदवार हुनुपर्छ भन्ने देशभरका नेता कार्यकर्ताबाट आवाज उठ्दै आएको छ । यसै कारण पौडेल समूहबाट आकांक्षी देखिएका वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले सहमतिमा एक जना मात्र उम्मेवदार बन्ने बताउँदै आएका थिए । तर महाधिवेशनको मुखैमा आएर पौडेल समुहबाटै आकांक्षी रहेका सिंह र शेखर दुवैले सभापतिको उम्मेदवार नबनी नछोड्ने हठ कायम राखेका कारण कांग्रेस फेरि देउवाकै नेतृत्वमा जाने संभावना बढेपछि त्यसलाई रोक्न पौडेलले सबै विकल्प खुला राखेका छन् ।

उनले देउवाको नेतृत्वबाट कांग्रेसलाई मुक्त गरेर जोगाउन आफूले त्याग गर्ने र यसका लागि डा शशांक कोइराला, शेखर र प्रकाशमानबीच सहमति कायम गरि एउटै उमेदवार तोक्न पर्ने प्रस्ताव गरे । शशांकले पनि देउवाको नेतृत्वबाट कांग्रेसलाई मुक्त गर्न आफु त्याग गर्न तयार रहेको र वरिष्ठ नेता पौडेलका नाममा सहमति गर्न सिंह र शेखरलाई आग्रह गरे ।

शशांकको यस्तो आग्रहपछि पनि सिंह र शेखरले नमानेपछि पौडेलले उनीहरुबीच नै एकता गरेर भएपनि देउवालाई रोक्न प्रस्ताव गरे । पौडेल सबैभन्दा वरिष्ठ भएर पनि सहमतिका लागि आफु सभापतिको उम्मेदवार नबन्ने प्रस्ताव गर्दा समेत सिंह र शेखर दुवैले उम्मेदवार बन्ने जिद्दी नछाडेपछि फेरि कांग्रेस देउवाकै पोल्टामा जाने विषयले पौडेललाई निकै दुःखी तुल्यायो । त्यही भएर उनले भावुक हुँदै आफ्नो समुहमा सहमतिको साझा उमेदवार नतोक्ने हो भने, आफुले राजनीतिबाटै विश्राम लिने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल