मंसिर २५, काठमाडौं | नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको समूहबाट बाहिरिएका छन्।
देउवाले आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार नबनाएपनि शर्माले महामन्त्रीमै उम्मेदवारी दिने बताएका हुन्।
शर्माले आफू संस्थापनपक्षको टिममा नपरेको स्वीकार गरेका छन्।
तर, आफ्नो उम्मेदवारी महामन्त्रीमा हुने शर्माले बताए। उनले टिमका बारेमा अझै निर्णय नभएको बताएका छन्।