पुस २६, हेटौँडा । धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त हुनुभएको छ । आज उच्च अदालत पाटन ईजलाशका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उहाँलाई शपथ गराउनुभएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख यादवले संविधानको धारा १६० को उपधारा(२) बमोजिम मुख्यन्यायाधीवक्ता नियुक्त गर्नुभयो ।

त्यसैगरी मुख्य न्यायाधीश निरौलाले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन २०७५ को दफा १४ बमोजिम मुख्य न्यायाधिवक्तालाई शपथ गराउनुभयो ।

बागमती प्रदेशको मुख्य न्याधिवक्तामा श्रेष्ठ नियुक्त
Leave a Comment