२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाही हुन्छ’

२ माघ २०७८, आईतवार ११:४०

माघ २, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

आज उक्त धर्मशाला निरीक्षण गर्दै उनले नियम विपरीत धर्मशाला निर्माणलगयत अन्य काम गर्नेलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाए। मन्त्री आलेले भने, ‘धर्मशालाको निरीक्षण गरेको छु, भोलि समितिको प्रतिबेदन पनि पेश हुँदै छ, गलत देखिएका विषयमा कानुन बमोजिम कारबाही गरिन्छ।’

उनकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजगत्वमा गत पुस २३ गते एक छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले भोलि (सोमबार) आफ्नो प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको छ।

निरीक्षणकै क्रममा मन्त्री आलेले धर्मशाला सेभेन स्टार होटलजस्तो भएको देखेर आफू स्तब्ध भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए। त्यहाँ बाथटपदेखि जिम हलसम्म सञ्चालनका लागि आवश्यकपर्ने सामग्री राखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…