माघ ७, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले दिँउसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्। सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ। उनी गत २९ असारमा प्रधानमन्त्री भएका थिए ।