२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारलाई ओलीको प्रश्न : नागरिक खोपबाट वञ्चित छन्, कहाँ गयो लाखौं डोज खोप ?

२०७८, ९ माघ आईतवार ०८:३०

माघ ९, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोना महामारीको तेस्रो लहरले जनताको जीवन आक्रान्त हुन थालेका बेला सरकारी संयन्त्रबाटै लाखौं डोज खोप हराउनु लज्जास्पद भएको बताएका छन् । 

आइतबार जारी गरिएको विज्ञप्तिमा अध्यक्ष ओलीले खोप हराएको विषयमा सरकारी अधिकारीबाटै गैर जिम्मेवार र लज्जास्पद अभिव्यक्ति आउनु आपत्तिजनक भएको उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘२४ लाखभन्दा बढी मात्रा खोप हराएकोमा चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीबाटै आइरहेको छ । कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मवार छ ?’

उनले एकातिर लाखौं खोप बेपत्ता पार्ने र अर्कोतिर भण्डारमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौं नागरिक खोपबाट वञ्चित हुनुपर्ने अवस्था सरकारको गैरजिम्मेवारीपनले नै आएको बताएका छन् । 

उनले भनेका छन्, ‘अरु त अरु खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट हुन्छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले महामारीको नयाँ नहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको बताएका हुन् । उनले अघिल्लो सरकारले नै शून्यबाट सुरु गरेर ८० भन्दा बढी कोभिड प्रयोगशाला, दर्जनौं अस्पताल, अक्सिजन, प्लान्ट र अन्य भौतिक पूर्वाधारहरू निर्माण गरेको दावी गरेका छन् । 

यस्तै अहिलेको सरकारले अकारण स्वास्थ्य क्षेत्रको बजेटसमेत कटौती गरेर जनस्वास्थ्यको विषयमाथि खेलवाड गरिएको आरोप लगाएका छन् ।

वर्तमान सरकारले पुस मसान्तभित्र दुई तिहाई र चैत्र मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेमा हालसम्म यो संख्या ४० प्रतिशत पनि नपुग्नु लज्जास्पद भएको उल्लेख गरेका छन् ।

साथै अघिल्लो सरकारले व्यवस्था गरेको खोप आपूर्ति व्यवस्थापन, भण्डारण र वितरण पनि राम्रसँग गर्न वर्तमान सरकार असक्षम भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस