२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

निर्वाचनको सम्पूर्ण तयारी पूरा

२०७८, १० माघ सोमबार १०:५८

माघ १०, मोरङ | राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि सो तयारी गरेको हो । 

निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० र वाली संरक्षण प्रयोगशाला विराटनगर–१० मा गरी दुई स्थानमा मतदान केन्द्र स्थापना गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।

मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुने कार्यालयले जनाएको छ ।

उक्त निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (गठबन्धन दल) बाट तीन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई उम्मेदवार रहनुभएको छ । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत (झापा), एमालेबाट गुरु बराल (मोरङ) र राप्रपाबाट अम्बरबहादुर विष्ट (झापा), महिलाका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर) र एमालेबाट सुमीत्रा भण्डारी (झापा) र राप्रपाबाट रञ्जु प्याकुरेल(झापा) रहनुभएको छ ।

अल्पसङ्ख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका हेमराज राई थुलुङ (भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु) ले उम्मेदवार  रहनुभएको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशसभाका ९२ र  १३७ स्थानीय तहका २७२ मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ ।

माघ १२ गते नै मतगणना गरी सोही दिन विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिने छ । आयोगले मतदाताले मत खसाल्नका लागि निर्वाचित आयोगले विजयी हुँदा दिएको दिएको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र र राष्ट्रिय परिचयपत्रमध्ये एकको आधारमा मतदान गर्न दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल