२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताविरुद्ध अख्तियारमा उजुरी

२०७८, ५ फाल्गुन बिहीबार ०८:१९

फागुन ५, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीलगायतका नेताविरुद्ध नेकपा एसका विद्यार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  उजुरी दिएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अ‍नेरास्ववियूले विहीबार तत्कालीन प्रधानमन्त्री ओली र उनको क्याबिनेटमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध उजुरी दर्ता गरेको हो । उजुरीको दर्ता नम्बर सी-०२८०५५ रहेको छ ।

उजुरीपत्रमा झापा जिल्लास्थित गिरीबन्धु टी स्टेटको नाममा विर्तामोड र अर्जुनधारामा रहेको कबिर ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरी ओली र अर्यालले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

त्यस्तै कोरोना महामारीको समयमा ओम्नी ग्रुपसँग मिलेमतो गरी स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन सीसीएमसीको संयोजक हैसियतमा पोखरेल र स्वास्थ्य मन्त्री ढकालले भष्टाचार गरेको आरोप लगाइएको छ।

नेपाल भ्रमण वर्षका नाममा प्रचारप्रसारको लागि भन्दै राज्यकोषको करोडौं रकम तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले अपचलन गरेको आरोप उजुरीमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै