2026-08-31 08:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा चार लाख मतदाता

फागुन १६, चितवन । जिल्लामा मतदान योग्य मतदाताको सङ्ख्या तीन लाख ९९ हजार ८७१ जना पुगेको छ । दाबी विरोधको क्रममा केही सङ्ख्या घट्ने छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो मतदाता सङ्ख्या विसं २०७४ को निर्वाचनमा भन्दा ८६ हजार ८६८ ले बढी हो ।

 विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता थिए । दाबी विरोधको कार्यक्रमपछि अन्तिम नामावली सार्वजनिक गरिने कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो । कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भरतपुर महानगरपालिकामा ३६ हजार ३९६, राप्ती नगरपालिकामा १० हजार ९७०, खैरहनीमा १० हजार ४४५, रत्ननगर नगरपालिकामा नौ हजार ६८५ मतदाता थपिएका छन् । 

यस्तै कालिका नगरपालिकामा आठ हजार ४२०, माडी नगरपालिकामा छ हजार ८२०, इच्छाकामना गाउँपालिकामा चार हजार १३२ मतदाता थपिएका छन् । पछिल्लो तथ्याङ्कअनुसार भरतपुरमा एक लाख ८६ हजार ६७०, राप्तीमा ४० हजार ९६८, खैरहनीमा ४३ हजार ७०८, रत्ननगरमा ५२ हजार ८३९ मतदाता छन् । 

कालिकामा ३१ हजार ४०७, माडीमा २८ हजार ४९३, इच्छाकामनामा १५ हजार ७८६ मतदाता छन् । यस पटक ४७ मतदान केन्द्र थपिने अनुमान गरिएको छ । एक मतदान केन्द्रमा एक हजार जनाले मतदान गर्ने गरी मतदान केन्द्र निर्धारण गर्ने गरिन्छ । 

कार्यालयले यही फागुन १९ गते जिल्लाभित्रका ९८ वटै वडा कार्यालयमा वैशाख ३० को स्थानीय तहको निर्वाचनमा मतदान गर्न योग्य मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । मतदाताको सम्बन्धित वडा कार्यालयमा नामावली सार्वजनिक गरेर त्रुटी सच्याउने काम गर्न लागिएको कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार त्रुटी सच्याउने समय यही फागुन २२ गतेसम्म राखिएको छ । 

फरक–फरक वडामा दोहोरो नाम परेमा, नाम ठेगाना बिग्रेमा बसाइँसरेका, विवाहपछि ठेगना परिवर्तन भएकाले नामावली सच्याउन पाउनेछन् । दोहोरो नाम परेकाले स्वयम् निर्वाचन आयोगले जारी गरेको अनुसूची भरेर निवेदन दिन सक्नेछन् । 

यस्तै बसाइँसराइ, विवाह भएकाका हकमा स्वयम् व्यक्ति वा एकाघरका सदस्यले अनूसूची भरेर २३ गतेसम्म नामावली सच्याउन पाउनेछन् । यस्तै मृत्यु भएकाको हकमा एकाघरका परिवारका सदस्यले अनुसूची भरेर नामावली हटाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने