प्रेस सेन्टरले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले माओवादी चुनावमा तालमेल गर्न नजाने बरु अरु पार्टीहरुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेस सेन्टरले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले माओवादी चुनावमा तालमेल गर्न नजाने बरु अरु पार्टीहरुले"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको चुनावमा हामी वैशाखी टेकेर होइन, आफ्नै ताकतले पहिलो दल बन्नेछौ- प्रचण्ड

६ चैत्र २०७८, आईतवार ०५:०८

चैत ६, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आफ्नै बलमा चुनावमा जाने दावी गरेका छन् । 

प्रेस सेन्टरले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले माओवादी चुनावमा तालमेल गर्न नजाने बरु अरु पार्टीहरुले नै तालमेल गर्न खोजेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो दल बन्ने सम्भावना प्रवल रहेको दाबी गरेका छन् ।प्रगतिको मुख्य संवाहक माओवादी नै रहेछ भनेर जनताले गहिरो रियलाइजेसन गरेको उनको भनाइ छ । 

‘२०६४ सालमा आउँदा पनि कसैले माओवादीले चुनाव जित्छ भन्न सकेको स्थिती थिएन, देशभरबाट ५, १० सीट ल्याउँछ भन्थे । जनताले यथार्थ के हो भन्ने देखाइदिएका थिए,’ प्रचण्डले भने, ‘अब २०७९ सालका चुनावमा पहिलो पार्टी बन्ने सम्भावना छ । बीचमा गल्ती गरेछौँ भनेर जनतामा रियलाइजेसन भएको छ ।’

प्रचण्डले तराईका जिल्लामा माओवादीको पक्षमा जनउभार शुरू भएको उनले दावी गरे । ‘मधेसमा एउटै जिल्लामा हजार, १२ सय आउने गरेका छन् । विगतमा माओवादी प्रगतिको सम्वाहक हो भन्ने बुझ्न सकिएन भन्ने उहाँहरुको भनाइ पाएको छु,’ उनले भने, ‘अबको चुनावमा हामी वैशाखी टेकेर होइन, आफ्नै ताकतले लड्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार