नेपाली कांग्रेस रामपुर नगरपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेपाली कांग्रेस रामपुर नगरपाल"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसिसीले देशमा बेरोजगारी र गरिबी हट्ने तथा अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ: गृहमन्त्री खाँण

६ चैत्र २०७८, आईतवार ०५:१५

चैत ६, काठमाडौँ । एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभयो । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउनुहँदै यसले देशमा विकास हुने उहाँले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “एमसिसी नेपालका लागि फाइदा छ । यसका कारण देशमा रोजगारी बढ्नेछ,  गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ । ” 

 कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री खाँणले एमसिसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिनुभयो । उहाँ भन्नुभयो, “ स्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनका तयारीमा लागेको छ । यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ ।”

उहाँले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पा पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ रहेको बताउनुहँुदै  प्रदेश सरकारबाट पर्यटन क्षेत्रमा सहयोग गर्दै जाने जानकारी दिनुभयो  ।  

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिल्लाको पहिलो पार्टीका रूपमा स्थापित गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो“जिल्ला तहदेखि स्थानीय तहसम्मका सबै भातृ संस्था चलायमान बनाएर अबको निर्वाचनमा अग्रपङ्क्तिमा कांग्रेस आउने छौँ । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार