2026-10-02 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफैले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा

चैत ८, खोटाङ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर उनले शिलान्यास गरेको दुवै पक्की पुल अलपत्र अवस्थामा छन् । 

देउवाले शिलान्यास गरेको दुई पुल अलपत्र परेको भन्दै चार वर्षपछि यथाशीघ्र सम्पन्न गराउने व्यवस्थाका लागि उनीसँगै हारगुहार मागिएको छ । साप्सु खोलामा निर्माण गरिएको पुल उद्घाटनका क्रममा सोमबार आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवासमक्ष कांग्रेस प्रदेश १ का महामन्त्री एवं दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले अलपत्र पुलको यथाशीघ्र काम सम्पन्न गराउन लिखित माग राखेका छन् । ‘स्मरण गराउन चाहन्छु, सम्माननीय प्रधानमन्त्रीकै बाहुलीबाट २०७४ सालमा दुई पुल शिलान्यास भएको थियो । त्यो अहिलेसम्म पनि सम्पन्न हुन सकिरहेको छैन,’ मागपत्रमा भनिएको छ, ‘त्यी पुलहरूलाई यथाशीघ्र सम्पन्न गराउने व्यवस्था मिलाउन अनुरोध गर्दछौँ ।’ 

कांग्रेस प्रदेश महामन्त्री राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आहालेबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुर जोड्ने सडक कालोपत्रे गर्न आगामी आर्थिक वर्ष आवश्यक बजेटको व्यवस्था गर्न, गाईघाट-दिक्तेल सगरमाथा राजमार्गको फोक्सिङटारमा १० वर्षअघि टेन्डर भएको पुललाई यथाशीघ्र सम्पन्न गर्ने वातावरण मिलाउन माग राखेका छन् । यस्तै, म्याद गुज्रिसकेको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी सम्पन्न गर्ने वातावरण मिलाउन, खोटाङका विद्युतीकरण हुन बाँकी क्षेत्रमा यथाशीघ्र विद्युतीकरण गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । 

गाउँपालिका अध्यक्षसमेत रहेका राईले हालसम्म खोटाङका नागरिकले अहिलेसम्म सरकारको अनुभूति गर्न नपाएको प्रधानमन्त्री देउवालाई गुनासो सुनाएका छन् । ‘देशमा धेरै प्रकारका सरकार बन्यो तर खोटाङ जिल्लाको लागि बनेन । खोटांगे नागरिकले त्यसको अनुभूति गर्न पाएनन् । सरकार र व्यवस्था बदलिइरह्यो तर खोटाङका नागरिकको दुःख-सुख कहिल्यै बदलिएन,’ उनले भने, ‘जिल्लाका नागरिक अहिले पनि दुःखको जीवन जिउन बाध्य छन् । सुख के हो थाहा छैन । विकास नहुँदा सडक, बिजुली, अस्पताल र शिक्षाको खोजी गर्दै वर्षेनी ठूलो संख्यामा हाम्रा नागरिक बसाई जान बाध्य छन् ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने