११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले पनि एमाले देशको सबैभन्दा ठूलो शक्ति हो : ओली

९ चैत्र २०७८, बुधबार ०७:००

चैत ९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देशको सबैभन्दा ठूलो राजनीतिक दल भएको दाबी दोहोर्‍याएका छन् । ‘नेकपा एमाले देशको सबैभन्दा ठूलो प्रमुख राजनीतिक पार्टी हो,’ आजबाट सुरु हुन लागेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने ।

‘यो बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्नेछ,’ उनले भने, ‘जनपरिचालन कसरी गर्ने यही बैठकले तय गर्नुपर्छ।’उनले एमालेसँग लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको अनुभव रहेको बताए।

‘एमाले कम्युनिष्टहरूमा ठूलो हो भनिन्छ यो गलत छ,’ उनले भने, ‘हामी समग्रमा ठूलो पार्टि हो। प्रजा परिषद पनि यसमैमा समाहित भएको छ। यो सबै लोकतान्त्रिक आन्दोलनको मुलधार हामी हौं।’उनले थुप्रै विषयहरू सत्तापक्षिय र जनविरोधी ढंगले प्रचार भइरहेको पनि बताएका थिए। उनले आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा पनि एमालेसँग भएको बताए।उनले जनताको घरदैलोमा विकास पुर्‍याउने स्थानीय सरकारले भएको बताए। केही ठूला आयोजना मात्रै केन्द्रबाट जाने उनको भनाइ थियो।उनले एमालेमा पहिले आठ लाख ५५ हजार सदस्य रहेकोमा ११ लाख सदस्य पुगेको दाबी गरेका थिए।

उनले पार्टीले चुनाव केन्द्रित 'सिपिएन युएमएल' नामको एप पनि बनाएको र त्यो बिहीबारदेखि डाउनलोड गर्न सकिने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित