मधेस प्रशिक्षण कार्यक्रमलाई बहिस्कार गरेका यादवले अध्यक्ष प्रचण्डले लिएको नीतिदेखि मधेस प्रदेशको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मधेस प्रशिक्षण कार्यक्रमलाई बहिस्कार गरेका यादवले अध्यक्ष प्रचण्डले लिएको नीतिदेखि मधेस प्रदेशको स"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डविरुद्ध हेडक्वार्टरमा मातृका यादवको उजुरी: के के छन् उजुरीमा?

९ चैत्र २०७८, बुधबार ०७:२८

चैत ९, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट मातृकाप्रसाद यादवले कार्यक्रम बहिस्कारदेखि उजुरीसम्म दिन भ्याएका छन्।

मधेस प्रशिक्षण कार्यक्रमलाई बहिस्कार गरेका यादवले अध्यक्ष प्रचण्डले लिएको नीतिदेखि मधेस प्रदेशको सांगठनिक संरचना निर्माणका विषयलाई लिएर बहिस्कारदेखि उजुरीसम्म दिन भ्याएका हुन्।

‘मैले हेडक्वार्टरमा समसामयिक राजनीतिक विषयदेखि मधेस प्रदेशको समस्या सम्बोधनका लागि भनेर उजुरी दिएको छु’, यादवले भने, ‘त्यो उजुरीको सम्बोधन नभएसम्म मेरो पार्टीलाई आवश्यकता पनि छैन, आवश्यक नै नभएपछि बैठक र प्रशिक्षणमा जाने कुरा पनि हुन्न।’

केन्द्रीय कमिटी बैठकपछि दिएको लिखित उजुरीलाई अध्यक्ष प्रचण्डले अझै सम्बोधन नगरेको र सो सम्बोधनको प्रतिक्षामा आफू रहेको यादवले जानकारी दिए।

अमेरिकी सहयोग परियाेजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), मधेसको सांगठनिक संरचनादेखि नेतृत्वले लिएको पछिल्ला नीतिप्रति असन्तुष्टि जनाउँदै यादवले माओवादी केन्द्रीय कार्यालयमा लिखित उजुरी दिएका हुन्। सो उजुरी सम्बोधन नभएपछि यादवले जनकपुरमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रम बहिस्कार गरेका थिए।

मधेस प्रदेशमा पूर्वमाओवादी र जनमोर्चा समूहका बीचमा सत्ता संघर्ष जारी रहेको बखतमा सन्देश दिने गरी यादवले मंगलबार बैठक बहिस्कार गरेका थिए। सहिद रामवृक्ष यादवको सालिक प्रकरण, मधेस प्रदेश सदस्य चयन, पदाधिकारीलगायतका विषयमा यादवले अध्यक्ष प्रचण्डसँग असन्तुष्टि जाहेर गर्दै आएका छन्।

पूर्वजनमोर्चा समूहका गिरिराजमणि पोखरेल, विश्वनाथ साहलगायतलाई बढी भूमिका दिएको तर जनयुद्धकालीन कार्यकर्तालाई भने किनारा लगाएको भन्दै युद्धकालीन माओवादी कार्यकर्ता असन्तुष्ट रहेका छन्। यही बेला यादवले प्रशिक्षण बहिस्कार गरे। प्रदेश कमिटी निमार्ण गर्न पनि झन्डै एक साता लगाएको माओवादीले मधेस प्रदेशमा नेतृत्व चयन गर्न अझै पनि सकेको छैन।

‘अध्यक्षसँग मेरा असन्तुष्टि कायमै छन् तर हिजोको कार्यक्रममा उहाँ आउँदा स्वागत र बिदाइ दुवै गर्न गएँ। मात्र प्रशिक्षण कार्यक्रममा उपस्थित नभएको हो’, यादवले भने, ‘अरू जिम्मेवार साथीहरू हुनुहुन्थ्यो, त्यसैले मेरो त्यहाँ आवश्यकता नै थिएन। अनि प्रशिक्षणस्थलमा नबसेको हुँ।’

यादवका अनुसार आफ्नो उजुरीको माग सम्बोधन नभएसम्म पार्टीको आन्तरिक कार्यक्रम र सांगठनिक निर्माण जस्ता कार्यमा बहिस्कार र अनुपस्थिति दुबै रहिरहनेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार