११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले बैठककाे सभामुखलाई दुई सन्देश- कि १४ सांसदको पदमुक्तको सूचना टाँस, नभए राजीनामा देऊ

११ चैत्र २०७८, शुक्रबार ०७:११

चैत ११, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई दुईवटा सन्देश दिएको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार र बिहीबार बसेको बैठकबाट एमालेले निष्काशित गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्नुपर्ने, नभए राजीनामा दिएर बाहिरिनुपर्ने भन्ने औपचारिक रुपमा नै दुईवटा सन्देश दिएको हो । 

‘हाम्रो पार्टी प्रस्ट छ– प्रतिनिधिसभा पुनस्र्थापना गर्ने २८ असार २०७८ को परमादेशप्रति गम्भीर असहमतिका बाबजुद हामी सदनलाई नियमित सञ्चालन र प्रभावकारी बनाउन चहान्छौं । र, त्यसैगरी प्रस्तुत पनि भइरहेका थियौं,’ एमाले बैठकले पारित गरेको दस्तावेजमा भनिएको छ, ‘तर यसका लागि या त १४ सांसदहरूको कारबाहीको सूचना सभामुखले टाँस गर्नुपर्छ या निजले पदबाट राजीनामा दिनुपर्छ ।’ 

एमालेबाट निष्काषन गरिएका माधवकुमार नेपाल, बेदुराम भुसाल, प्रेम आले, रामकुमारी झाँक्री, विरोध खतिवडालगायत १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस नगरेसम्म प्रतिनिधिसभा बैठकलाई निरन्तर अवरोध गरिरहने पनि बैठकले सन्देश दिने देखिएको छ ।

गत २५ साउनमा एमाले १४ जना सांसदहरू माथि कारबाही गरिएको भन्दै सभामुखलाई १ भदौंमा जानकारी गराएको थियो । तर, सभामुख सापकोटाले उक्त लिखित जानकारी दिँदा पनि पदमुक्तको सूचना टाँस नगरेको भन्दै २३ भदौबाट निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।

माओवादी केन्द्रले कारबाही गरेका सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायतलाई तथा जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सम्बन्धित पार्टीले कारबाहीको जानकारी गराएलगत्तै पदमुक्तको सूचना सभामुख सापकोटाले टाँस गरेको, तर एमालेले जानकारी गराउँदा पनि पदमुक्त नगरेको भन्दै सभामुख सापकोटासँग एमाले आक्रोशित हुँदै आएको छ ।

‘एमालेलाई विभाजन गरी छाडने दुराशयका साथ, विगतमा आफंैले स्थापित गरेको नजिरको समेत बर्खिलाफ गएर, दोहोरो मापदण्ड अपनाउँदै सभामुखबाट उक्त सूचना प्रकाशन गर्न अस्विकार गरेको,’ एमाले बैठककोे निष्कर्ष छ । 

‘यसैको जगमा टेकेर निर्वाचन आयोगले एमालेबाट अलग भएर निस्किएको समूहलाई नयाँ दलका रुपमा दर्ता ग¥यो, सभामुखको यस्तै विभेदकारी, असंवैधानिक र असंसदीय भूमिकाको विरोधमा एमाले संसदीय दलको निर्णयअनुसार गत २३ भदौदेखि हाम्रा पार्टीका सांसदहरूले बेल घेराउ गरेर विरोध गरिरहनु’ परेको एमालेको तर्क छ । 

संसदको प्रतिपक्ष मात्र नभएर मुलुककै सबैभन्दा ठुलो दलले अगाडि सारेको संवेदनशील, संवैधानिक र लोकतन्त्रकसँग जोडिएको प्रश्नमा गम्भीर नदेखिएको भन्दै एमालेले १४ सांसदको पदमुक्तको सूचना टाँस, नभए सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने पूर्ववतः अडान राखेर केन्द्रीय कमिटी बैठकबाट नै निर्णय गरेर सन्देश पठाउन लागेको एक नेताले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा