२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसभित्र यसरी पकड जमाउँदै छन् गगन थापा

२०७८, ११ चैत्र शुक्रबार ०९:५३

चैत ११, काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीसमेत रहेका पार्टीका युवा नेता गगन थापालाई निकै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजक जस्तो महत्वपूर्ण जिम्मा दिएर थापालाई अगाडि बढाएका हुन् । 

पार्टीको १४आंै महाधिवेशनबाट थापा महामन्त्री बनेपछि प्रधानमन्त्रीसमेत रहेका देउवाले उनलाई पार्टी र सरकारका महत्वपूर्ण बैठकहरूमा सहभागी गराउँदै आएका छन् । युवा नेतालाई अगाडि बढाएपछि जनताले पनि विकास र समृद्धिको अपेक्षा गरेका छन् भने राजनीतिमा आफ्नो प्रतिनिधि निर्णायक बन्न पाएपछि उत्साह थपिएको युवा नेताहरू बताउँछन् । 

देउवाले थापालाई अगाडि बढाउने क्रममा अहिले पार्टीको अत्यन्तै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रमा पार्टीको नीति, योजना र कार्यदिशा समेटिने कांग्रेस नेता मीन विश्वकर्माले बताए । 

पार्टीको नीति योजना र कार्यदिशा नै थापाले बनाउने जिम्मा पाउनु भनेको पार्टी नेतृत्व हाँकेसरह नै हुन्छ । थापा संयोजक रहेको समिति गठनबारे आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल हुने नेता विश्वकर्माले बताए । करिब २० जनासम्म सदस्य संख्या रहनेगरी थापाले समिति गठन गर्ने कांग्रेसले जनाएको छ । 

जनताको माझमा दिन खोजेको सन्देश, अहिलेसम्म गरेका कामहरू, विकासका आधार र कार्यक्रम, मुलुकको समृद्धि र जनताको आवश्यकता, समस्या र पार्टीले जनतासमक्ष गर्ने प्रतिबद्धता समेटेर साझा घोषणापत्र तयार गर्ने कांगे्रसले जनाएको छ । 

यसरी तयार गरेको घोषणापत्र केन्द्रबाट जारी हुने र यसैको आधारमा स्थानीय उम्मेद्वारले प्रतिबद्धता व्यक्त गर्ने नेता विश्वकर्माको भनाइ छ । 

केही समयअघि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको कारण पेचिलो बनेको मुलुकको राजनीतिक परिस्थितिमा पनि थापाले निर्णायक भूमिका खेलेको कांग्रेस नेताहरूको बुझाइ छ । 

यस्तै सत्ता गठबन्धनको विषयमा पनि थापाले विभिन्न अभिव्यक्ति दिँदै आएका छन् ।  नेता थापालाई नजिकबाट चिन्ने नेताहरूले थापा कांग्रेस महामन्त्रीसँगै प्रतिनिधिसभा सदस्य पनि भएकाले देउवाले शीर्ष तहको छलफलमा सहभागी गराएको र अगाडि बढ्न सहयोग गरेको तर्क गर्छन् । 

पार्टीको १४औँ महाधिवेशनमार्फत महामन्त्री बनेलगत्तै थापा सर्वदलीय बैठकमा पनि सहभागी भएका थिए । उच्चस्तरीय छलफलमा सहभागी भएको हिसावले पार्टी सभापति देउवाले महामन्त्री थापालाई विश्वास पात्रको रुपमा लिएको बुझ्न सकिन्छ । 

सभापति बनेलगत्तै देउवाले नयाँ पुस्तासँग कसरी सहकार्य गर्लान् भन्ने धेरैको चासो थियो । १४औं महाधिवेशनमा नेता शेखर कोइराला नेतृत्वको समूहबाट चुनावमा होमिएका थापा भारी मतले महामन्त्री बनेका हुन् । थापा आफ्नै प्रतिस्पर्धी समूहबाट चुनावमा उठेर पार्टीमा महामन्त्री बने पनि देउवाले साथ दिन थालेका हुन् । 

सान्र्दभिक विषयबस्तुलाई आकर्षक ढंगले उठान र प्रस्तुत गर्ने कलाले पनि थापा राजनीतिक वृत्तमा चर्चित छन् । २०५७ सालमा नेविसंघको उपाध्यक्ष बनेका थापा त्यसको दुई वर्षपछि नेविसंघको महामन्त्री पद सम्हालेका थिए । २०६२/६३ सालको जनआन्दोलनमा गणतन्त्रको मुद्दा अघि सारेपछि चर्चित बनेका थापा पहिलो संविधानसभाको समानुपातिक तर्फबाट सदस्य बन्न सफल भएका थिए । २०७० सालको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह