१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेरबहादुरजी धोका दिने मान्छे होइन, गठबन्धन हुन्छ : माधवकुमार नेपाल

११ चैत्र २०७८, शुक्रबार १०:०२

चैत ११, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति अत्याधिक विश्वास रहेको जनाएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको सर्त नमानेको उदाहरण दिँदै अध्यक्ष नेपालले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको जनाएका हुन ।

‘केपी ओलीले एमसीसी पारित गराउन प्रचण्डजी र मलाई गठबन्धनबाट हटाउने सर्त राख्दा शेरबहादुरजीले मान्नु भएन, भन्नुभएछ– म धोका दिने मान्छे होइन,’ नेपालले भने, ‘अहिले पनि कांग्रेसका कतिपयले भनेका छन्, गठबन्धन हँुदैन तर शेरबहादुरजीले निर्वाचनसम्म सँगसँगै जानेछौं भनिरहनु भएको छ, अब उहाँको पार्टीले के निर्णय गर्छ, पर्खेर बसेका छौं ।’ 

शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी)को काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पत्नि आरजु राणाको पनि प्रशंसा गरेका छन् । 

‘आरजु देउवाले कैलालीमा पुगेर भन्नुभएछ– ‘म अब कैलालीबाट नै उठछु, चुनावमा गठबन्धन चाहिन्छ, गठबन्धनको महत्व बुझिदिनु भएकोमा आरजुजीलाई पनि धन्यवाद ।’

देउवाप्रति पुरै विश्वस्त देखिएका अध्यक्ष नेपालले एमसीसी अनुमोदन निःसर्त गराउन खोजेको तर त्यसका लागि चारवटा सर्त राखेको पनि खुलाएका छन् । 

‘एमसीसी पारित गराउनका लागि शेरवहादुरजीलाई चारवटा सर्त राखियो, यो सर्त पूरा गर्ने हो भने विनासर्त एमसीसी पास गर्छु केपी ओलीले भनेका रहेका छन,’ नेपालले भने, ‘तर, उहाँले (देउवा) मान्नुभएन ।’ 

नेपालका अनुसार एकीकृत समाजवादीका १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले तुरुन्त कारबाही गर्नुपर्ने, यदी सभामुखले कारबाही नगरेमा राजीनामा दिनुपर्ने पहिलो सर्त राखेका थिए ।

दोस्रो सर्त एकीकृत समाजवादीको वैधाानिकतालाई रद्द गरिदिने, तेस्रो पाँच दलको गठबन्धनलाई भंग गरिदिने र चौथो तीनवटा प्रदेशका मुख्यमन्त्री एमालेको भागमा दिनुपर्ने सर्त राखेको, तर प्रधानमन्त्री देउवाले अस्वीकार गरेका नेपालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार