१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप

१३ चैत्र २०७८, आईतवार ०६:१०

चैत १३, काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाए ।

अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताएका हुन् । अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली दक्षिणपन्थी भएको दावी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गरे । तर आफूहरू भने बामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसलगायतका शक्तिहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवाप्रति आभार पनि व्यक्त गरे ।

त्यसका लागि काँग्रेसको संस्थागत निर्णयको पर्खाईमा आफूहरू रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य बामपन्थी राजनीतिक शक्तिहरूले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताए । उनले भने, ‘शेरबहादुरजीले पटकपटक भन्नु भएको छ– यो गठबन्धनसँगसँगै हामी चुनावमा जानेछौं । अव पार्टीले नै के निर्णय गर्छ, हामी पर्खेर बसिरहेका छौं । हामी आफ्नो शक्तिको बलमा अगाडि बढन चाहन्छौं । चुनाव बैशाखको ३० गते नै हुन्छ । त्यसमा तपाईहरू अलमलमा पर्नुपर्ने आवश्यक्ता छैन । त्यसकारण बैशाख ३० गते चुनावको तयारीमा अव सिंगो पार्टी लागेको छ । त्यही अनुसार हामीले कमिटी बनाईरहेका छौं । कमिटीलाई परिचालित गर्ने काम गरिरहेका छौं । पार्टीको कमिटी बन्यो भने त्यसैले शक्तिको परिचालन गर्छ । त्यसैले उम्मेदवारको छनौंटका लागि छलफल चलाउँछ । र, हामी आफ्नो तर्फबाट आफ्नै शक्ति र बुताले जित्न सक्ने कहाँकहाँ छ ? तर चुनाव हो । कहिले एक भोटले हारिन्छ । कहिले जितिन्छ । हाम्रो आरजुजीले भन्नु भएछ– म कैलालीबाट उठछु । त्यसका लागि गठबन्धन चाहिन्छ । गठबन्धनको पक्षमा छु भनेर उहाँले पनि भन्नु भयो । धन्यवाद छ उहाँलाई पनि । त्यसो हुनाले हामीसँग मेल खाने, मिल्ने, विचार मिल्नेसँग हातेमालो गर्दै जान्छौं ।

मोहन विक्रम सिंहको पार्टीले पनि हामीसँग मिलेर जाने प्रस्ताव राख्नु भएको छ । जनता समाजवादी पार्टीले पनि मिलेर जाने प्रस्ताव राख्नु भएको छ । माओवादी केन्द्रको पनि त्यस्तै प्रस्ताव छ । काँग्रेस भित्रको एउटा हिँस्साले पनि मिलेर जानुपर्छ भनेर प्रस्ताव राख्नु भएको छ । तर यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागि परेका छन । तर उनी पनि गठबन्धन गर्दैछन, कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन । विदेशीहरूसँग दलाली गर्ने पार्टीहरूसँग तालमेल गर्न खोजिरहेका छन । किनभने उनीहरू दक्षिणपन्थी शक्ति हुन । दक्षिणपन्थी शक्तिहरू उनीहरूसँग मिल्छन । हामी बामपन्थी, लोकतान्त्रिक शक्ति हौं । लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरूसँग मिलेर अघि बढछौं । तपाईहरू पनि पहिलो त आफ्नो शक्तिमाथि भरोसा गरेर संगठन निर्माण गरेर आफ्नो हैसियत कायम राखेर अगाडि बढनोस् । हैसियत नभएकालाई कसैले पत्याउदैनन् । आफनै शक्ति र संगठन नभएकालाई कसैले पत्याउँदैनन् ।’

अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको दाबीसमेत गरे ।

पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको पनि उनले बताए । अध्यक्ष नेपालले भने, ‘हिमाल होस्, पहाडहोस्, तराईँ । पूर्वहोस् वा पश्चिम । सबैतिर हाम्रो पार्टी फैलिँदै गइरहेको छ । हाम्रो पार्टीको विस्तार देखेर हाम्रा वैरीहरू आत्तिएका छन । आत्तिएर उनीहरूले आफ्नो मानसिक सन्तुलन गुमाउन थालेका छन । जब मान्छेको मानसिक सन्तुलन गुम्छ, अनि ऊ बर्बराउन थाल्छ । अनि बर्बराउने बेलामा के बोले, के बोलिन उसलाई होस् नै हुँदैन । बेहोसी अवस्थामा हुन्छ । यसबाट हामीले आत्तिनुपर्ने केही पनि अवस्था छैन । विरोधीहरूले अनेकखाले भ्रमहरू पैदा गरेका हुन्छन । तपाईहरूले पनि ती भ्रमहरू, पैmल्याइएको कुप्रचारहरूका बारेमा जानकारी राखिरहनु भएको होला । हेक्का राख्नु भएको होला ।

एउटा प्रचार गरिएको थियो–कि प्रेम आलेमन्त्री, कृष्णकुमार श्रेष्ठ अर्का मन्त्री दुवै मध्यरातमा बालकोट पुगेर अव एमालेमा सहभागी हुने, एकीकृत समाजवादी परित्याग गर्ने भनेर समाचारमा सम्प्रेषित भयो । अनि कतिपय मानिसहरूलाई के हो कमरेड, फोनको घण्टी खाली त्यही कुरा बुझ्नका लागि बज्ने गर्दथ्यो । तर अव त्यो भ्रम पनि छैन । यस्ता कुप्रचारहरू गर्नका लागि खप्पिस भईसकेका तिनीहरूले हँुँदै नभएका कुराहरूको हल्ला मच्चाउने गर्छन् । त्यसमा कुनै सत्यता रहेको हुँदैन । अहिले सबै ठाउँमा पार्टी प्रवेशको पनि लहर चलिरहेको छ । अहिले भर्खर नेकपा एमाले परित्याग गरेका हाम्रा यसरी एमाले परित्याग गर्ने एउटा लहर चलेको छ । र हाम्रो पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको छ । सबै तहमा । कहिले कुनै जिल्लाबाट, कहिले कुनै अर्को जिल्लाबाट । अस्ती धादिङमा जाँदाखेरी भन्नु भयो–गल्छी नगरपालिकाले के घोषणा ग¥यो भने हामीलाई कसैले पनि पराजित गर्न सक्दैन । एक्लै आफ्नो शक्तिले हामी जित्न गईराखेका छौं ।

यति ६ महिनाको छोटो अवधि भित्र कुनै पनि पार्टी ले यत्रो विशाल आकार ग्रहण गर्न नसेको छैन । हामी दावाका साथ भन्छौं–६ महिनाको समय भित्र कुनै पनि पार्टीले यत्रो ठूलो आकार ग्रहण गर्न सकेको छैन । देशका ७७ वटै जिल्लामा फैलिएको हाम्रो पार्टीको संरचना ७ सय ५३ वटा पालिकाहरू मध्ये अधिकांश पालिकाहरूमा पार्टी कमिटी निर्माण भएको स्थिति अनि ६ हजार ७ सय ४३ वटा वडाहरू छन देशभर । ती वडाहरूको पनि अधिकांश वडाहरूमा कमिटी गठन भईसकेको यो अवस्था कति वटा पार्टीको होला ? तपाई हिसावकिताव गरेर भन्नुस् त ? त्यसो हुनाले हाम्रो पार्टीमा त्यो क्षमता छ । त्यो खुबी, त्यो आकर्षण छ । र, त्यो हैसियत छ । यो कसरी सम्भव भयो त ? सम्भव किन भयो भने पार्टीले सही विचार अगाडि सा-यो । पार्टीले सही नीति अवलम्बन ग-यो । हाम्रो पार्टीले क्रान्तिकारी विचार बोकेर ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले सही विचार लिएर अघि बढेकाले जनलहर देखा परेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार