१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

अध्यक्ष ओली आज कपिलवस्तु जाँदै, २ सांसदसहित ५ हजारलाई पार्टी प्रवेश गराउने

१४ चैत्र २०७८, सोमबार ०५:५८

चैत १४, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदैछन् । उनी त्यहाँ दुई सांसदसहित विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने ५ हजारभन्दा बढी नेता कार्यकर्ताहरुलाई स्वागत गर्ने एमालेले जनाएको छ ।अध्यक्ष ओलीले संघीय सांसद वृजेशकुमार गुप्तालाई एमालेमा स्वागत गर्ने छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्ह लिएर स्वतन्त्रबाट विजयी गुप्ता आज औपचारिक रुपमा एमाले प्रवेश गर्ने भएका हुन् । उनी २०७४ सालको निर्वाचनमा सुर्य चिन्ह लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तैगरी आजनै कपिलवस्तुबाट प्रदेशसभामा निर्वाचित लुम्बिनी प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव पनि आज एमाले प्रवेश गर्ने भएका छन् । उनी पनि २०७४ सालको निर्वाचनमा सूर्य चिह्न लिएर कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट विजयी भएका थिए ।

त्यस्तैगरी कविलवस्तु क्षेत्र नं २ र १ बाट पाँच हजार बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमालेको दावी छ ।

तीन महिनाअघि पनि एमाले अध्यक्ष ओली पार्टी प्रवेश गराउन कपिलवस्तु गएका थिए । भैरहवाको कार्यक्रम सकेर ओली तौलिहवा जाने एमालेले जनाएको छ ।

मंगलबार पनि ओली उतै

आज काठमाडौंबाट कपिलवस्तु जान लागेका ओली मंललबार पनि लुम्बिनी प्रदेशमै रहनेछन् । मंगलबार अध्यक्ष ओलीले बिहानै तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन गर्नेछन् । त्यस्तै होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उदघाटन कार्यक्रममा सहभागी हुनेछन् ।

त्यस्तै दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रम तथा सम्बोधन कार्यक्रममा अध्यक्ष ओली कार्यक्रम तय भएको नेकपा एमालेले जनाएको छ । त्यहाँ अध्यक्ष ओलीले जसपाबाट निर्वाचित तीनजना वडाध्यक्षसहित ठूलो संख्यामा कार्यकर्ताहरुलाई एमाले प्रवेश गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार