सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय तहको नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय तहको नि"/>
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेखर भन्छन्, ‘गठबन्धनको निर्णय भए विरोध गर्छु’, गगन भन्छन्, ‘निर्णय नै भए विरोधमा जान्न’

१५ चैत्र २०७८, मंगलवार ०८:५१

चैत १५, काठमाडौं । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने विषयमा विवाद चलिरहँदा १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूहभित्र दुई धार देखा परेको छ ।

सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दल नेकपा एमाले बलियो भएकाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने मतको विपक्षमा मत प्रकट गर्ने कोइराला समूहभित्र दुई धार देखा परेका हुन् ।

कोइरालाले गठबन्धनलाई ठाडै अस्वीकार गर्दै विपक्षमा उभिने जनाए पनि उनकै समूहबाट विजयी भएका महामन्त्री गगनकुमार थापाले भने पार्टीले निर्णयको विपक्षमा नउभिने मत प्रकट गरेका छन् ।

‘शेखर र गगन दुबै नेताले गठबन्धनको विपक्षमा धारणा राख्नु भएकाे छ, दुवैको मत कांग्रेस एक्लै चुनाव लडनुपर्छ भन्ने नै छ,’ केन्द्रीय सदस्य नैनसिंह महरले न्युज कारखानासँग भने, ‘शेखर दाइ गठबन्धन गर्ने निर्णय गरे आफू विपक्षमा उभिने प्रस्ट पार्नु भएको छ भने गगनजीले पार्टीले गठबन्धनमा जाने निर्णय गरेमा असहमतिका बाबजुद पनि पार्टी निर्णय मान्छु भन्नु भएको छ ।’

उनका अनुसार गठबन्धनको विपक्षमा भन्दा पनि अधिकांश सदस्य पक्षमा उभिएका छन् तर त्यसका लागि केन्द्रबाट स्थानीय आवश्यकताको आधारमा मात्रै गठबन्धन गर्नुपर्ने तर्क बैठकमा प्रस्तुत भएका छन् ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले धारणा राख्ने क्रम सकिएको छ । आज अपरान्ह ३ बजे बस्ने बैठकमा संसदीय बोर्ड, स्थानीय तह चुनावी घोषणा पत्र लेखन समितिलाई पूर्णता दिने विषयमा कांग्रेसले औपचारिक निर्णय गर्ने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार