१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको कार्यभार सम्पन्न गर्न गठबन्धन आवश्यक छः ज्ञानेन्द्रबहादुर कार्की

१५ चैत्र २०७८, मंगलवार १०:०४

चैत १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबीचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै केन्द्रीय सदस्यसमेत रहेका कार्कीले गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र देशलाई समृद्धिको बाटोमा अघि बढाउनु रहेको प्रष्ट पारेका हुन् ।

नेता कार्कीले अब तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर लोकतन्त्रलाई अझ सुदृढ र समृद्धिको यात्रालाई अझ सहज बनाउनुपर्ने महत्त्वपूर्ण कार्यभार रहेको पनि स्मरण गराए ।

उनले त्यो कार्यभार सम्पन्न गर्नका लागि गठबन्धनबीचको सहकार्य र सहयात्रा आवश्यक रहेको बताउँदै त्यसका लागि कांग्रेसको अगुवाइ तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अभिभावकीय नेतृत्वबाट मात्र सम्भव हुने उद्घोष गरे ।

मन्त्री कार्कीले अत्यन्त विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यका लागि यो गठबन्धन स्थापना भएको बताउँदै यसको अभिप्राय सत्ता प्राप्ति नरहेको उल्लेख गरे । 

उनले भने, ‘मुलुकको राजनीतिलाई नियमित लिकमा फर्काउने, आवधिक निर्वाचनलाई सुनिश्चित गरेर मुलुकलाई राजनीतिक स्थिरतातर्फ उन्मुख गराउने र देशलाई समृद्धिको बाटोमा हिँडाउनु नै गठबन्धनको खास उद्देश्य थियो । अहिले पनि हाम्रो यात्रा त्यही उद्देश्यबाट निर्देशित छ ।’

उनले गठबन्धनको स्थापनासँगै मुलुकले भोगिरहेको जटिल र गहिरो सङ्क्रमणको अन्त्य भएको उल्लेख गर्दै सम्भावित अस्थिरताको डरलाग्दो श्रृङ्खलाको भय पनि समाप्त भएको बताए । उनले भने, ‘मुलुक लिकमा फर्कियो । यतिबेला स्थिर सरकारको प्रभावकारितासँगै आमजनताले पनि सहजताको महसुस गर्न थालेका छन् ।’

अहिले कांग्रेसले पाएको जिम्मेवारी सामान्य नरहेको बताउँदै मन्त्री कार्कीले यो सिंगो मुलुकले सुम्पेको निकै विशिष्ट प्रकारको जिम्मेवारी रहेको पनि उल्लेख गरे । उनले भने, ‘कांग्रेसको अगुवाइ र प्रधानमन्त्रीज्यूको नेतृत्वलाई पाँच दलले मात्र होइन, सिंगो मुलुकले पनि स्वीकारेको छ । र, विश्वास गरेको छ । यो ऐतिहासिक अवसर पनि हो ।’

नेता कार्कीले जस्तोसुकै कठिन र असहज परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गरेर मुलुकलाई सही दिशा प्रदान गर्न सक्ने प्रधानमन्त्री देउवाको उच्चस्तरको राजनीतिक सुझबुझ, परिपक्व एवं दुरदर्शी नेतृत्व र अभिभावकीय भूमिकालाई यतिबेला सिंगो मुलुकले सराहना गरेको प्रष्ट पारे ।  

गठबन्धनलाई फुटाउने, भत्काउने र अलमल्याउने अनेक प्रयास र प्रहार भएको उल्लेख गर्दै नेता कार्कीले अनेक प्रश्न, आशंका र अनुमान पनि उब्जिएको पनि बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार