१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेको आम्दानीको नयाँ योजना : फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान

१७ चैत्र २०७८, बिहीबार १२:०१

चैत १७, काठमाडौं । एमालेलाई पार्टीको आर्थिक समन्नुतिका लागि ‘फाइभ थाउजेन्ड बाई फाइभ थाउजेन्ड अभियान’ सुरु गरेको छ ।

गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमालले अन्तरपार्टी निर्देशन (अपानि)मा उल्लेख भएअनुसार उच्चआय भएका कम्तीमा पाँच  हजारलाई सो अभियानमा समावेश गर्नेछ ।

‘पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले पाँच हजार लेबी दिने पाँच हजारजना अभियान (फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड अभियान) प्रस्ताव गर्नुभयो,’ अपानिमा भनिएको छ, ‘एमालेका उच्च आय भएका पाँच हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत हरेक महिना पाँच हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यो ।’

निर्देशनमा उल्लेख भएअनुसार आ-आफ्नो क्षेत्रमा त्यस्ता आय भएका र योगदान गर्न इच्छुक सदस्यको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउनसमेत निर्देशन दिएको छ । उक्त अभियानअन्तर्गत एमालेले मासिक रूपमा २५ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको देखिन्छ । 

पुराना खाता खोज्न सुरु

३ जेठ २०७५ मा पार्टी एकीकरण भएदेखि पार्टीको कोष व्यवस्थापन तथा नियन्त्रण गर्न बनेको एमाले केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ निष्क्रिय रहेको भन्दै पुराना खाता खोज्न सुरु गरेको छ ।

‘२३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि नेकपाको निरन्तरताको रूपमा एमाले पुनः क्रियाशील भएदेखि कोष व्यवस्थापनमा रहेको अस्तव्यस्तता दुरुस्त गर्ने प्रक्रिया आरम्भ गरिएको छ,’ अपानिमा भनिएको छ, ‘बैंकका खाताहरूको खोजी गर्ने, मौज्दात रकम रुजु गर्ने र संविधान र कानुनको अधिनमा रही पार्टीको कोष व्यवस्थापन गर्ने काममा केन्द्रीय वित्त तथा कोष व्यवस्थापन विभाग क्रियाशील छ ।’

एमालेका अनुसार केन्द्रीय आर्थिक व्यवस्थापन विनियम, २०६७ को व्यवस्था अहिलेको सन्दर्भमा अपर्याप्त भएकाले केन्द्रीय समिति बैठकले केन्द्रीय लेखा तथा आर्थिक व्यवस्थापन विनियम, २०७८ पारित गरेकोसमेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार