२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भैरहवामा अस्पताल जाने मुख्य सडकमै राप्रपाको आमसभा

२०७८, २१ चैत्र सोमबार ०६:३६


चैत्र २१, भैरहवा | मुख्य सडक बन्द गरेर राप्रपाले रुपन्देहीमा जिल्लास्तरीय आमसभा गर्दै छ । जिल्लाकै ठूलो अस्पताल युनिभर्सल मेडिकल कलेज जाने मुख्य बाटो छेकेर राप्रपा रुपन्देहीले आमसभा आयोजना गरेको हो । 

देशव्यापी देश दौडाहामा नियमित आमसभा र चुनावलाई लक्षित गरी आमसभा गर्नका लागि मुख्य सडकमैत्री पथदेखि खजहना चोकसम्म सडक बन्द गरिएको छ । सडक बन्दले यात्रु तथा पैदल यात्रीले समेत सास्ती खेप्नु परकेाे छ । मुख्य सडकमा सडकमै स्टेज बनाएर सभा गरिनेछ । आठ सदस्यीय समिति बनाएर जिल्ला समितिले हजार बढिलाई पार्टी प्रवेश गराउने दाबी गरेको छ ।

राप्रपा जिल्ला अध्यक्ष सागर राणाले अहिलेको बेथिति र भ्रष्टाचारको विरोधमा राष्ट्रियताको जगेर्ना घुम्ने खतराबाट बचाउन सडकमा आमसभा गर्न लागिएको बताए । आम सभाको लागि ठाँउ नभएकोले यात्रुहरुका लागि वैकल्पिक मार्ग डाइभर्सन दिएर गर्न लागिएको हाे र यो ७५ औँ देशव्यापी कार्यक्रम रहेकाे अध्यक्ष राणाले भने । 

चुनावी सभामा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुव प्रधान, वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वमन्त्री निरञ्जन थापा, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्नेछन् । 

राप्रपाको सडकमा हुने सभाको समाजिक संजालमा पनि टिकटिप्पणी भएका छन् । रुपन्देहीका प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारीले जानकारी गराएर आम सभागर्न लागिएको बताए । पहिला बजार क्षेत्र पवनको अगाडि गरिँदै आएको सभा यसपटक बजारभन्दा केही बाहिर गर्न लागेको हो र  डाइभर्सन मिलाएर कार्यक्रम गर्न लागिएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा