२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

गठबन्धन सरकार बचाउन पनि हो : गृहमन्त्री खाँण

२०७८, २१ चैत्र सोमबार १२:०५

चैत्र २१, तनहुँ | गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा हुन लागेको गठबन्धन वर्तमान सरकार बचाउनका लागि पनि भएको स्वीकार गरेका छन् । आठौँ तनहुँ महोत्सवको समापनलाई सोमबार सम्बोधन गर्दै मन्त्री खाँणले भने, ‘धेरैले गृहमन्त्री बढ्ता गठबन्धनमुखी भयो भन्ने आरोप छ । र सायद सरकार बचाउन हो कि भन्ने पनि होला । वास्तवमा सरकार बचाउने पनि हाम्रो चाहना छ नढाटिकन भन्दा ।’  

पाँच दलीय गठबन्धन ३० वैशाखमा हुन लागेकाे स्थानीय तहकाे निर्वाचनमा तालमेल गरेर अघि बढ्न भएकाे सहमतलाई गृहमन्त्री खाँणले सरकार बचाउनका लागि भएकाे बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको सरकारको प्रतिरक्षा गर्ने सबैको दायित्व भएको उनको प्रस्टोक्ति छ ।

"गठबन्धन बचोस् । सरकार बचोस् भन्ने चाहना छ हाम्रो । त्यो पारदर्शी कुरा हो । तर, गठबन्धनको उपलब्धी सरकार मात्र‍ हैन । मुलुकको दीर्घशान्ति  हो," गृहमन्त्री खाँणले प्रस्ट्याउँदै भने । 

गठबन्धन पञ्चायतकालमा पनि भएको उनले बताए । "गठबन्धन गरेर पञ्चायतविरुद्ध आन्दोलन गरेर पञ्चायत फालेर बहुदलीय व्यवस्था ल्याएको हो" उनले स्मरण गर्दै भने, "त्यसकारण गठबन्धन वैचारिक आधारशिलामा मात्र हुन्छ भन्ने छैन् । अब आउने गन्तव्यका लागि पनि गठबन्धन हुन्छ । यो संसारभर नै हुन्छ  ।"

उनले उद्योगी व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको रहेको बताए । उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएकाले सरकार संवेदनशिल भएको गृहमन्त्री खाँणले दाबी गरे । "रोजगारीको वृद्धी र अर्थतन्त्रलाई चलायमान बनाउनलाई उद्योगपति र व्यवसायी  गतिशिल बन्नुपर्दछ" उनले भने, "राज्यलाई अधिकतम कर तिर्न सक्ने क्षमता बनाउनुपर्दछ ।"

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकार स्थानीय तहको निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । उनले भने, "निर्वाचन हुन्छ कि हुदैन् भनेर अफवाह फैलाइएको छ । जनप्रतिनिधि विहिन हुन नदिनलाई सरकार निर्वाचनको तयारीमा लागेको छ ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो