२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा सत्ता गठबन्धनबीच चुनावी छलफल तीव्र

२०७८, २२ चैत्र मंगलवार ०८:५४

 चैत्र २२, जुम्ला | स्थानीय तह निर्वाचन नजिकिँदै गएपछि जिल्लास्तरमा राजनीतिक दलहरूको चुनाव केन्द्रीत गतिविधि तीव्र बनेको छ । चुनावलाई केन्द्रमा राखेर दलहरूले गाउँमा आमसभादेखि मतदाता भेटघाट र घरदैलो जस्ता कार्यक्रमलाई तीव्र गतिमा  गर्दै आएका हुन् ।

स्थानीय तहको निर्वाचन केन्द्रित भएर सत्ता गठबन्धनका जिल्लास्तरका नेताहरू समेत छलफलमा जुटेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले स्थानीय तहको निर्वाचन केन्द्रित छलफल गरेको माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुँवरले बताए । उनले भने, 'नेपाली कांग्रेस सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा सरकार गठबन्धन दल नेकपा माओवादी केन्द्र जुम्लाका संयोजक वीरबहादुर कुँवर र नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष नन्दराम रोकायाबीच छलफल भएको हो ।' 

उम्देवार छनोटमा दललाई सकस

जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन् । नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखको उम्मेदवार छनाेट गर्न गठबन्धनका दलहरूलाई निकै सकस पर्ने देखिएको छ । गठबन्धनभित्रका दलहरूभित्र प्रमुख उपप्रमुखका आकांक्षी धेरै देखिएपछि उनीहरूलाई छनाेटमा सकस भएको हो ।

माओवादी केन्द्र र कांग्रेस अगाडि 

२०७४ सालको निर्वाचनमा जुम्लामा आठ वटा स्थानीय तहमध्ये नगरपालिकासहित चार पालिकामा प्रमुख तथा दुई तहमा उपप्रमुख नेपाली कांग्रेस, तीन तहमा प्रमुख, पाँच तहमा उपाध्यक्षसहित नेकपा माओवादी केन्द्र, एक तहमा अध्यक्ष र एक तहमा उपाध्यक्ष नेकपा एमालेले विजय भएका थिए । यसैगरी नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समिति प्रमुख र नेपाली कांग्रेसको उपप्रमुखमा विजय हात पारेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा