१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होहल्लापछि निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै भएन : एमाले

२२ चैत्र २०७८, मंगलवार ११:०६

चैत्र २२, काठमाडौं | प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्ने वातावरण नै नपाएको बताएको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको आचारसंहिताप्रति प्रतिबद्धता जनाउने विषयमा मंगलबार निर्वाचन आयोगले दलहरूलाई डाकेको थियो ।

तर, त्यहाँ निर्वाचन आचारसंहिताको विषयलाई लिएर होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नभएपछि एमालेका प्रतिनिधि आयोग कार्यालयबाट बाहिरिएका थिए । "होहल्ला भएपछि हस्ताक्षर गर्ने वातावरण नै भएन । त्यसपछि हामी हस्ताक्षर नगरी बाहिरियौँ," एमाले कानुन विभाग प्रमुख रमेश बडालले न्युज कारखानासँग भने ।

आयोगले बोलाएको आचारसंहितासम्बन्धी छलफलमा सहभागी हुन बडाल र एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य आयोगको कार्यालय पुगेका थिए । तर, आचारसंहिताको विषयमा विवाद भएपछि हस्ताक्षर नगरी फर्किएको बडालले बताए । 

"छलफलमा तनाव उत्पन्न भएको अवस्थामा कुनै कार्य गरिनु उचित नभएकाले एमालेले आज कुनै हस्ताक्षर गरेन," उनले भने, "शान्त र उचित वातावरण बनाउँदै छलफल गर्ने र सबै दलको विचार सुनुवाइ गरेर अगाडि बढ्न आयोगलाई आग्रह गर्छु ।"

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार