२० आश्विन २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

व्यास नगरपालिका : महत्वकांक्षी योजना सुरु नै भएन, झिनामसिना काम नै उपलब्धिको सूचीमा

२२ चैत्र २०७८, मंगलवार १२:३७

 चैत्र २२, तनहुँ | तनहुँको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र उपमेयर मिरा जोशीले गरेका महत्वकांक्षी योजनाहरु  यस प्रकार छन् :-

– व्यास नगरलाई सिधै तराईसँग जोड्ने चार लेनको सडक निर्माणलाई अगाडि बढाइनेछ ।

– नगरलाई सरसफाईयुक्त बनाउन फोहरमैला व्यवस्थापन एवं प्रशोधन गर्ने कार्यक्रम लागु गरिने व्यवस्था गरिनेछ ।

– रिस्ती, कलेस्ती, साँगे, छाब्दी, बुल्दीबर्दन उपत्यका विकास कार्यक्रम सञ्चालन गरिनेछ । 

– हाल भइरहेको तीव्र सहरीकरणलाई व्यवस्थित गर्न व्यास नगरका विभिन्न वडाहरूमा जग्गा विकास कार्यक्रम लागु गर्नुका साथै नमुनावस्तीको विकास गरी सुविधायुक्त आवासको निर्माण गरिनेछ ।  

– नगरपालिका भित्रका केही उच्च पहाडी क्षेत्रहरु छनौट गरी नमूना पार्क फूल बगैंचा निर्माण गरी आन्तरिक पर्यटनलाई बढवा गरिनेछ । 

–  वैदेशिक रोजगारीमा प्राप्त सीप एवं पुँजीलाई लगानी नडुब्ने आयआर्जन हुने ग्यारेन्टीका साथ सदुपयोग गरिने कार्यक्रमहरु ल्याइने छ । युवाहरुलाई रोजगारीको अवसरहरुको सिर्जना गरिनेछ । 

– नगर क्षेत्रका श्रमिकलाई श्रमिककार्ड व्यवस्था गर्न आवश्यक कदम चालिनेछ । 

यी प्रतिबद्धता २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन अगाडि व्यास नगरपालिकाका गाउँ गाउँमा गरियो । नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेद्‌वारी दिएका बैकुण्ठ न्यौपाने र उपमेयरमा उम्मेद्‌वारी दिएकी मिरा जोशीले चुनावी सभामा यस्तै यस्तै महत्वकांक्षी योजना र लोकप्रिय अजेन्डाका फेहरिस्त भाषणमा सुनाए । अन्तत: निर्वाचनमा पनि उनै न्यौपाने र जोशी विजयी भए  । मेयरमा न्यौपानले १३ हजार ५६  र उपमेयरमा जोशीले १३ हजार २६० मतका साथ विजयी भएर व्यास नगरपालिकाको बागडोर सम्हाल्ने सुनौलो अवसर पाए ।

आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा भएको छ । निर्वाचन आयोग र राजनीतिक दलहरू निर्वाचन केन्द्रित तयारीमा जुटिरहेका छन् । पाँच वर्षे कार्यकाल सकिने बेलासम्ममा जिल्ला सदरमुकाममा रहेको व्यास नगरपालिकाका जनप्रतिनिधीले प्रतिबद्धता जनाएका महत्वकांक्षी योजना कुनै पनि सुरु भएको छैन ।

तराईसँग चार लेनको सडकले जोड्ने, उपत्यका विकास कार्यक्रम, नमुनावस्ती विकास, फूलैफूलको बगैचाँसहितको नमुनापार्क, युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने, श्रमिकलाई श्रमिक कार्डको व्यवस्थापनमा व्यासले सिन्को पनि भाच्न सकेको छैन । क्षेत्राधिकारमै नपर्ने तनहुँ जलविद्युत् आयोजना र दमौली अस्पताललाई पनि प्रतिबद्धतामा समावेश गरेका थिए । 

फोहोरमैला व्यवस्थापन तथा प्रशोधन कार्यक्रम लागु गर्ने प्रतिबद्धताको खिल्ली उडाइरहेका छन्- जनप्रतिनिधिले ।  स्थायी डम्पिङ साइटको अभावमा बेलबखतमा दमौली बजार क्षेत्रको फोहोर उठ्दैन । बजार चोकहरूमा थुप्रिने फोहोरको दुर्गन्धमा जनप्रतिनिधिले गरेको चुनावी प्रतिबद्धता सम्झँदै नाक खुम्च्याउँदै हिँड्न बाध्य छन् नगरबासी । जनप्रतिनिधिले कार्यकालको आधा समयम त मादी नदीको किनारमा फोहोरको डुंगुर थुपारेरै  बिताए । यी मात्रै हैन, अधिकांश चुनावी प्रतिबद्धता अधुरै छन्। 

स्रोत साधनको समुचित आँकलन गर्न नसक्दा प्रतिबद्धता गरेका महत्वकांक्षी योजना सुरू नभएको मेयर न्यौपानले बताए । ‘तल्लो र माथिल्लो तहका सरकारबीचमा समन्वय हुन नसकेको कारण पनि हो । कैयौँ संघीय ऐनहरू बन्नुपर्ने बनेन । संघीय ऐनको आधारमा प्रदेशले बनाउन पाएन । जस्तै शिक्षाकै जिम्मा हामीलाई भनेको छ । धेरै कुरा अझै पनि संघीय सरकारसँगै सम्बन्धित छ’, अगाडि थप्दै उनी भन्छन्, ‘हामीसँग दक्ष कर्मचारी पनि भएनन्। कुनै पनि डीपीआर गरेर काम अगाडि बढाउँ भन्यो भने हाम्रा कर्मचारीहरू सक्दैनन् । विशेषज्ञहरुबाट डीपीआर त गर्छौं टेन्डर गर्न समस्या हुन्छ । बेइमानी कर्मचारी त म भन्दिनँ, तर दक्षता नभएपछि इमान्दारिता र निष्ठाले मात्र काममा तीव्रता आउँदो रहनेछ ।’ १५ वर्षसम्म जनप्रतिनिधिबाट ग्याप भएकाको परिस्थिति र विगतका सात गाविसलाई व्याससँग गाभिएकाले विकासको खाडललाई भर्नुपर्ने अवस्था हुँदा अपेक्षित कामहरू नभएको उनी स्वीकार्छन् । 

मानहुँकोटलाई पर्यटकीय केन्द्रको रूपमा विकास, मादी नदी थुनेर ताल बनाउने डीपीआर, नारेश्वर ताल निर्माणको लागि अध्ययनसँगै प्रक्रिया सुरु, १०८ फिट अग्लो व्यासको मुर्ति निर्माण सुरु गर्नुलाई मुख्य उपलब्धि बताउँछन् मेयर न्यौपाने । नगरको बजार क्षेत्रमा रहेका चोक सुधार, हरेक वडा कार्यालयमा पुग्ने कालोपत्रे पहुँचमार्गको निर्माण अगाडि बढाएको, पीसीआर ल्याब निर्माण, खानेपानी लगायतका कामलाई नै उनले आफ्नो कार्यकालमा गर्व गर्न लायक कामको सूचीमा राखेका छन् । "यिनै कामहरूलाई हामीले गर्व गर्न लायक ठान्नुपर्दछ । स–साना काममा पनि राज्यप्रति निर्भर भए जनताहरू । चारपाता टिन हाल्दै, जीर्ण खानेपानीको पाइप ल्याइदे भन्ने । यिनै विषयलाई सम्बोधन गर्दागर्दै कार्यकाल गयो," उनको प्रस्टोक्ति छ । 

आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य सेवा केन्द्र र वडा कार्यालयको भवन निर्माण कार्यकालको उपलब्धि भएको उनी बताउँछन् । दुई वर्ष कोरोनाका कारण पनि अपेक्षित काम गर्न नपाएको मेयर न्यौपानेको भनाइ छ । "कोरोनाले गर्दा आम्दानी घटेका छन् । योजनाहरू समयमै सम्पन्न गर्न सकेनौँ । विकासको गति रोकियो," उनले सुनाए ।

यथास्थितीमा चल्नेबाहेक विकास निर्माणको काम खासै नभएको मेयरका प्रत्यासी शंकरनारायण श्रेष्ठ बताउँछन्। "जति सम्भावना थियो, त्योअनुसारको काम भएन । उहाँहरू यथास्थितिमै रमाउनुभो । दिन काट्ने काल पर्खने काम भयो," व्यंग गर्दै उनले भने । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले परिणाममुखीभन्दा वितरणमुखी बजेट बढी भएको बताए । "आमा समूहलाई दिने क्लबलाई दिने यस्तै यस्तै । आफू नजिकका मान्छेलाई धेरै पैसा बाँडेको कारण ठोस विकास हुन सकेन," उनको आरोप छ । 

जनप्रतिनिधिहरू पाँच वर्षे कार्यकालमा घोषणापत्रमा पुग्नै नसकेको श्रेष्ठको भनाइ छ । घोषणा पत्रमा के उल्लेख गरिएको थियो एक पटक पनि पल्टाएर हेर्ने काम नभएको उनी बताउँछन् । व्यक्तिको पुँजी परिचालन गरेर निजी सार्वजनिक सरकारी साझेदारीमा गर्न सकिने सिँचाइ, पर्यटन प्रवर्द्धन, मेडिकल कलेज र विश्वविद्यालय सञ्चालन जस्ता अवसर सदुपयोग नभएको उनले बताए । ‘व्यक्तिलाई मुनाफाको आश देखाएर पूर्वाधारको क्षेत्रमा थुप्रै लगानी गर्न सकिन्थ्यो । उहाँहरूले सक्नुभएन’, उनले भने । 

प्रदेश र संघ सरकारसँग पनि सहकार्य नभएको उनको आरोप छ । पाँच वर्षमा ल्याण्डफिल साइट व्यवस्थापन नहुनु दुखद् भएको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘फोहोर मैलाबाट ऊर्जा उत्पादन गर्न सकिन्थ्यो । त्यसमा पनि निजी क्षेत्रसँग सहकार्य गरेर जान सकिन्थ्यो । त्यो पनि भएन । सोच र नेतृत्व क्षमताको अभावले हुनुपर्ने विकास केही हुन सकेन ।’

वाचा नगरे पनि बन्यो पीसीआर ल्याब

स्थानीय निर्वाचनका बेला विश्वमा कोरोनाभाइरसको संक्रमण फैलिएला भन्ने अनुमानसमेत थिएन । २०७६ चैतमा नेपालमा कोरोना देखियो । कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि आफ्नै पीसीआर ल्याबको आवश्यकता खड्किएपछि व्यासले पीसीआर ल्याब सञ्चालनमा ल्याएको छ । असोज पहिलो सातादेखि व्यास नगरपालिका–१० दुम्सीमा नगरपालिकाले संघ, प्रदेशसँग मिलेर पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । ‘कोरोना नियन्त्रणमा हामीले उल्लेखीय काम गरेका छौँ । पीसीआर ल्याब सञ्चालन गरेका छौँ’, मेयर न्यौपानेले भने । स्थानीय तहले पीसीआर ल्याब सञ्चालन गर्नेमा व्यास सम्भवत: गण्डकी प्रदेशकै पहिलो हो । दुम्सीमै नगर अस्पताल बनाउने काम पनि सुरु भएको छ ।

प्रतिबद्धता गरेका महत्वकांक्षी काम नभए पनि व्यासको १०८ फिट अग्लो मुर्ति निर्माण सुरु भएको छ । सडकको ट्रयाक खोल्ने, स्तरोन्नति गर्ने र कालोपत्रे गर्ने काम पनि भएका छन् । विद्युतीकरण, खानेपानी, सामुदायिक भवन निर्माण, मठमन्दिर निर्माण, किसानलाई आधुनिकयन्त्र उपकरण र अनुदान वितरण, होमस्टे सञ्चालन, पर्यटकीय क्षेत्रको प्रचारप्रसार लगायतका काम पाँच वर्षको अवधिमा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड व्यवस्था र सरकार दुवै फाल्नुपर्छ: ज्ञानेन्द्र शाही परराष्ट्रमन्त्री डा. राणा आज स्वदेश फर्कँदै जिम्मेवारी हेरफेरले राप्रपामा विवाद बल्झियो एमाले सांसद शाहीले गरे बालेनको आलोचना : बाढीमा खै उद्धार गरेको ? प्रधानमन्त्रीले अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गर्नुभएको होइन: शंकर पोखरेल अनेरास्ववियु क्रान्तिकारीको आजको बन्दसत्र स्थगित   अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल, पार्टीले हस्तक्षेप गर्दै अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल सरकारको योजना : दुई दिनभित्र खोज-उद्धार सकेर बाढीपहिरो पीडितलाई राहत सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पबल्खुका बाढीपीडितहरूसँग प्रचण्डको अन्तरक्रिया प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन राजेन्द्र लिङ्देन भन्छन्- विपदको क्षति न्युन गर्न सरकार चुक्यो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै