१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रुपन्देहीको सिद्धार्थनगरका १३ वटै वडामा सत्तारुढ गठबन्धनको तालमेल

२२ चैत्र २०७८, मंगलवार १३:३३

 चैत्र २२, भैरहवा | रुपन्देहीको सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेको छ ।

मंगलबार नेपाली कांग्रेस जिल्ला कार्यालय भैरहवामा बसेको सत्ता गठबन्धनमा आबद्ध पाँच दलको बैठकले चुनावी गठबन्धनको आवश्यकता ठहर गर्दै र सोका लागि नगर र वडातहसम्म नै गठबन्धन गरेरअघि बढ्ने निर्णय गरेको हो । 

सिद्धार्थ नगर नगरपालिकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने नेपाली कांग्रेस नगर सभापति कोसिस बहादुर खड्काले बताए । 'नगरपालिकाको १३ वटै वडामा चुनावी तालमेल हुन्छ,' उनले भने ।

सत्ता साझेदार दल नेकपा समाजवादी, एकीकृत नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको नगर स्तरीय संयुक्त बैठकले चुनावी संयन्त्र निर्माण गरी छलफललाई थप अगाडी बढाउने निर्णय गरेको खडकाले बताए ।

बैठकपछि कांग्रेस नगर सभापति खड्का, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज फैज अहमद खाँन, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रामबहादुर बस्नेत, जसपाका नगर अध्यक्ष अर्जुन जयसवाल र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन गर्ने जनाएका छन् ।

विज्ञप्तिमा गठबन्धनमा आबद्ध दलबीच गठबन्धनको मर्म र भावनाअनुरूप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै स्थानीय तहको निर्वाचनमा संयुक्त रूपमा सहभागी हुने उल्लेख छ । 

बैठकले नगरमा गठबन्धनको लागि चार बुँदे निर्णय गरेको छ । त्यस्तै सिद्धार्थ नगर नगरपालिकाका सबै बडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार