१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजगढलाई एरो सिटीका रूपमा विकास गर्छौंः मन्त्री झाँक्री

२२ चैत्र २०७८, मंगलवार १३:४३

चैत्र २२, काठमाडौं | सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाराको निजगढ विमानस्थल क्षेत्रलाई एरो सिटी (हवाई सहर)का रूपमा विकास गरिने बताएकी छन् । काठमाडौं उपत्यका बाहिरको ट्रान्जिट विमानस्थलका रूपमा निजगढ विमानस्थल क्षेत्र रहेको बताउँदै उनले निजगढलाई एरो सिटीका रूपमा विकास गरिने योजनाअघि सारिएको बताइन् ।

 मंगलबार मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममाथि छलफल गर्दै मन्त्री झाँक्रीले निजगढलाई एरो सिटीका रूपमा विकास गर्न तत्काल काम थालिने  बताइन् । उनले एरो सिटी निर्माणका लागि तत्काल सम्भाव्यता अध्ययन गरेर काम सुरु गर्न समेत मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् ।

"काठमाडौं उपत्यकामा धेरै भिडभाड बढ्यो । यसको विकल्पका रूपमा निजगढलाई एरो सिटीका रूपमा विकास गर्नुपर्छ । यसका लागि आवश्यक काम तत्काल सुरु गर्नुस्,"उनले भनिन् । निजगढ विमानस्थलमा तराई मधेश द्रुतमार्ग फास्ट ट्र्याक, पूर्व पश्चिम रेलमार्गसमेत जोडिने भएकाले यसले काठमाडौं उपत्यकामा बढिरहेको सहरीकरणको चाप पनि घटाउने  बताइन् ।

 साना-साना खुद्रे योजनामा बजेट छुट्याउने नहुने बताउँदै सभा हल र भ्यूटावरजस्ता कार्यक्रम यस पटकको नीति तथा कार्यक्रममा नसमेटिने  उनले बताइन् । यस वर्षको नीति तथा कार्यक्रममा कार्यान्वयन हुन नसक्ने योजना राखेर सपना बाँड्न नहुनेमा जोड दिँदै मन्त्री झाँक्रीले योजना कार्यान्वयनको वास्तविक अवस्था हेरेर मात्र नीति तथा कार्यक्रम ल्याइने बताइन् । 

नेपालको पश्चिमी क्षेत्र भूकम्पको जोखिममा रहेकाले ३ प्रदेशमा २५ सय निजी घरहरूमा रेट्रो फिटिङ गर्ने कार्य पाइलट प्रोजेक्टका रूपमा अघि बढाइने बताउँदै ईशान नयाँ नगर योजना पनि प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटिने  बताइन् । 

 मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले यस पटकको बजेट तथा नीति तथा कार्यक्रमलाई विगतमा भएका त्रुटिलाई सच्याउँदै अनावश्यक कार्यक्रम थप्न नहुने  बताए । उनले मन्त्रालयले सञ्चालन गरिरहेका राम्रा नीति तथा कार्यक्रमलाई अघि बढाए पनि भ्यु टावरजस्ता अनावश्यक कार्यक्रममा बजेट थप्न नहुनेमा जोड दिए । 

सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । यद्यपि यी मन्त्रालयलाई हाल ७४ अर्बको बजेट आवश्यक रहेको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी  दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल