१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले गठन गर्‍यो टोलसम्म प्रचारप्रसारका लागि समिति

२२ चैत्र २०७८, मंगलवार १५:०४

चैत्र २२, काठमाडौं | सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका लागि समिति गठन गरेको छ । निर्वाचनमा वडा तथा टोल तहसम्म प्रचारप्रसार गर्न समिति गठन गरिएको हो ।

स्थानीय तह निर्वाचन नजिकिएसँगै बसेको केन्द्रीय प्रचारप्रसार समितिको मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले कांग्रेसले प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा र टोलसम्म समिति बनाएर अघि बढ्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकले प्रचारप्रसार समितिअन्तर्गत पत्रकारहरूको संयोजकत्वमा विभिन्न पाँच समितिको गठन गरेको छ ।

कांग्रेसले प्रचार प्रसार सल्लाहकार समितिको संयोजकमा हरिहर विरही, अनलाइन मिडिया समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा विष्णु निष्ठुरी, छापा माध्यम समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा किरण पोखरेललाई मनोनित गरेको छ ।

त्यसैगरी, टेलिभिजन समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा अनिता बिन्दु र रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा गोपाल झालाई मनोनित गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार