२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मन्त्री मनाङेलाई कारबाही गर्न कर्मचारीको माग

२४ चैत्र २०७८, बिहीबार १३:०६

चैत्र २४, पोखरा | गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कार्यकक्षमै कर्मचारीमाथि हातपात गरेपछि कास्कीका कर्मचारी आन्दोलित भएका छन् । निजामती सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको पेसागत हक हितको संरक्षण अनिवार्य हुनुपर्ने मागसहित उनीहरू आन्दोलित बनेका हुन् ।

राजनीति र प्रशासन एकै सिक्काका दुई पाटा भएको भन्दै राजनीतिले प्रशासनलाई विभिन्न आक्षेप लगाएको हामीबीच स्पष्ट छ,"उनीहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, "मन्त्री जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले गरेको निन्दनीय घटनाप्रति हामी ट्रेड युनियनकर्मी घोर भर्त्सना गर्दछौं ।"

मन्त्रालयका अधिकृत प्रकाश ओझामाथि मन्त्री मनाङेले मंगलबार ४ बजेट आफ्नै कार्यकक्षमा बोलाएर तथानाम गाली र आक्रमण गरेको भन्दै घटनाको छानबिनको माग गरेका छन् । ‘मन्त्रीबाट आफ्ना मातहतका कर्मचारीमाथि यस्तो व्यवहार हुनु दुर्भाग्यपूर्ण हो । कर्मचारीहरूलाई भयरहित वातावरणमा काम गर्ने अवसर नहुँदासम्म सुशासन कायम हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्रासपूर्ण वातावरणमा कार्य गर्नुपर्ने अवस्थाको अन्त्य गरी आम नागरिकको सेवामा उच्च मनोबलका साथ समर्पित हुने अवस्था निर्माणको लागि गण्डकी प्रदेश सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।’

एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष सोमलाल तिवारी, अध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) कास्कीका अध्यक्ष अर्जुन देव ज्ञवाली र नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा