१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनमाथि आक्रमणको बिरोधमा डा केसीले रुसी राजदूतावास अगाडि प्रदर्शन गर्ने

२४ चैत्र २०७८, बिहीबार १४:३५

चैत्र २४, काठमाडौं | डा गोविन्द केसीले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा प्रदर्शनका लागि आह्वान गरेका छन् । 

बिहीबार एक विज्ञप्ति जारी गर्दै अभियान्ता डा केसीले भोलि अपराह्न साढे २ बजे नेपालस्थित रुसी दूतावास अगाडि प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका हुन् । 

चरम अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्य विना छ हप्ता अघि निर्मम तरिकाले सैन्य आक्रमण शुरू गरेको भन्दै यो अमानवीय नरसंहार र युद्ध अपराध भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जिम्मेवार नागरिक र मानवका हैसियतले हामी पुटिनको यस्तो अमानविय व्यवहारको मौन दर्शक बनेर बस्न नमिल्ले उनको ठहर छ । 

यस्तो छ डा केसीको विज्ञप्ति

नमस्ते आदरणीय महानुभावहरु,

रुसी राष्ट्रपति पुटिन ले एक स्वतन्त्र लोकतान्त्रिक छिमेकी मुलुक युक्रेनमाथि कुनै औचित्य विना (सम्भवतः साम्राज्य विस्तार गर्ने तानाशाही अहम्का का

रण) छ हप्ता अघि निर्मम तरिकाले सैन्य आक्रमण शुरू गरे । फलस्वरूप बालबालिका, गर्भवती महिलालगायत हजारौं को मृत्यु भएको छ भने ४० लाख भन्दा बढी युक्रेनी महिला, वृद्धवृद्धा र बालबालिकाहरु छिमेकी देशमा शरण लिन वाध्य भएका छन् । हजारौं सार्वजनिक भवन र संरचना तथा आवासीय र व्यापारिक भवनहरू ध्वस्त वनाइएका छन् । लाखौं युक्रेनीहरु खाद्य पदार्थ, पानी, औषधि उपचार र न्यानो लत्ताकपडाविना आक्रमणको भयमा कैदीको त्रासदीपूर्ण जीवन विताउन वाध्य भएका छन् ।

यो अमानवीय नरसंहार र युद्ध अपराध हो । अहिले युक्रेनमाथि रुसको ज्यादती जारी छ र छिटै अन्त्य हुने सम्भावना छैन । एकाइसौं शताब्दीमा यस्तो हुन सक्छ भनेर कल्पना पनि गर्न नसकिने कुरा हो । बीसौं सताब्दीका हिटलर भन्दा क्रुर बनेका छन् एकाइसौं सताब्दीका पुटिन । जिम्मेवार नागरिक र मानवका हैसियतले हामी पुटिनको यस्तो अमानविय व्यवहारको मौन दर्शक बनेर बस्न मिल्दैन ।

त्यसैले भोलि चैत २५ गते शुक्रबार अपरान्ह २ः३० वजे नेपालस्थित रुसी दूतावास (वालुवाटार, काठमाडौं) अगाडि यो चरम अमानवीय युद्धको शान्तिपूर्ण विरोध गर्ने कार्यक्रम रहेकोले सहभागिताको लागि सवै महानुभावहरुलाई हार्दिक अनुरोध छ ।  

धन्यवाद ।

डा गोविन्द केसी

२०७८ चैत २४

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल