२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

स्थानीय तहकाे उम्मेद्वार बन्न कांग्रेसमा होडबाजी, एमाले सर्वसम्मत बनाउने पक्षमा

२०७८, २५ चैत्र शुक्रबार ११:४६

चैत्र २५, तनहुँ | आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न विभिन्न दलका नेताहरूकाे जिल्लामा होडबाजी देखिएकाे छ । आवश्यक संख्याभन्दा १५ गुणा बढीसम्मले उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् ।

स्थानीय तहको प्रमुखको कुरा छाडौँ यसपालि वडा सदस्य बन्नेको पनि लर्को छ । वडा सदस्य, वडाध्यक्ष, स्थानीय तहका प्रमुख र उपप्रमुख बन्नलाई एक प्रकारको होडबाजी चलेको छ । टिकट पाए ठिकै छ नभए अर्कोपटकलाई दावा गर्नलाई पनि सहज हुन्छ भनेर धेरैले आकंक्षा देखाइरहेका छन् ।

विशेषत: नेपाली कांग्रेसले उम्मेद्वार हुन चाहनेको आवेदन लिएर नामावली माथिल्लो कार्यसमितिमा पठाउँदैछ । अन्य दलकोको तुलनामा कांग्रेसमा आकांक्षी पनि धेरै देखिन्छन् । जिल्लाको व्यास नगरपालिका-११ मा मात्रै कांग्रेसबाट १७ जना वडाध्यक्षका आकांक्षी छन् । चारजना वडा सदस्यका लागि पनि आकांक्षीको सूची लामै छ । २६ जनाले वडा सदस्य बन्नलाई आकांक्षा देखिएका छन् ।

स्थानीय तहको प्रमुख बन्नलाई कांग्रेसमा सयौँको रस्साकस्सी छ । संविधानसभा सदस्यदेखि पत्रकारसम्म कांग्रेसमा स्थानीय तहको प्रमुख बन्न दाबी गरिरहेका छन् । जिल्लाका १० स्थानीय तहमा प्रमुख बन्न १०८ जनाले इच्छा देखाएका छन् ।  उपप्रमुख बन्ने आकांक्षी प्रमुखको तुलनामा आधा कम ५३ जना छन् । 

व्यास नगरपालिकाको मेयरमा कांग्रेसमा १५ जनाले आकांक्षा देखाएका छन् । उपमेयरमा सातजना आकांक्षी छन् । भानुमा पनि मेयर बन्न उस्तै लर्को छ आकांक्षीको । १५ जनाले मेयरमा दाबी गरेका छन् । उपमेयरमा ६ जनाले आवेदन दिएका छन् । शुक्लागण्डकीको मेयरमा १० र उपमेयरमा आठजना आकांक्षी छन् । भिमादको मेयर बन्न ६ र उपमेयरमा आठजनाको दाबी परेको छ । 

बन्दीपुर गाउँपालिकामा अध्यक्ष बन्ने आकांक्षी १४ जना छन् । उपाध्यक्षमा पाँचजनाको दाबी छ । ऋषिङको अध्यक्ष बन्न १३ र उपाध्यक्षमा पाँचजनाले दाबी प्रस्तुत गरिरहेका छन् । घिरिङमा अध्यक्षका लागि आठ र उपाध्यक्षमा दुईजनाको दाबेदारी परेको छ ।

देवघाटमा अध्यक्ष बन्न नाै र उपाध्यक्षमा पाँचजना कांग्रेसीले आकांक्षा व्यक्त गरेका छन् । आँबुखैरेनीको अध्यक्षमा ११ जनाले आवदेन दिएका छन् । उपाध्यक्षमा चारजनाले आकांक्षा व्यक्त गरेका छन्।  म्याग्देको अध्यक्षमा सात र उपाध्यक्षमा चारजनाको दाबी छ । 

आकांक्षीको संख्या घटाउन वडा र स्थानीय तहमा छलफल भइरहेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए । "जतिसक्दो थोरै आकांक्षीको नाम पठाउन भनेका छौ," उनले भने ।  नेताहरू महत्वाकांक्षी बन्न खोज्दा आकांक्षी धेरै भएको उनी बताउँछन् । भन्छन्, "अलिक बढी महत्व दिएर आकांक्षा व्यक्त गर्नुभएका साथीहरू हुनुहुन्छ । कतिपय पुराना साथीहरू हुनुहुन्छ, उहाँहरूले दाबी गर्नु स्वाभाविक छ । कतिपय साथीहरूले अर्को उम्मेद्वारलाई समर्थन गर्नलाई दाबेदारी प्रस्तुत गरिरहनुभएको हो ।"

कांग्रेसमा वडाको टिकटको छिनोफानो प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले बनाएको संसदीय समितिले गर्नेछ । गाउँपालिकाको जिल्ला कार्यसमितिको संसदीय समितिले टुंगो लगाउनेछ भने नगरपालिकाको जिल्ला कार्यसमितिले गण्डकी प्रदेश समितिमा सिफारिस गर्नेछ । आकांक्षीको सूची लामो भएकाले उम्मेद्वारको छिनोफानो लगाउन कांग्रेसलाई निकै सकस हुने देखिन्छ ।

एमालेले पनि वडाका उम्मेद्वारको आकांक्षा बुझेर सूची तयार पार्दैछ । "सकभर सर्वसम्मत टुंग्याउने नीति लिएका छौँ । नभए वडाबाट तीनजनाको नाम सिफारिस हुनेछ," एमाले जिल्ला कमिटी उपसचिव खिमबहादुर कुमालले भने । 

केही स्थानीय तहको प्रमुख उपप्रमुखमा एमालेमा पनि आकांक्षी सूची लामै पाइन्छ । घिरिङको अध्यक्षमा पाँचजना आकांक्षी छन् । भानु नगरपालिकाको मेयर पदमा एमालेको नगर कमिटीको बैठकमा सात र चारजनाले उपमेयरमा आकांक्षा व्यक्त गरेका छन् ।

माओवादी केन्द्रले भने केही वडामा मात्र उम्मेद्वारको टुंगो लगाएको छ । म्याग्दे गाउँपालिकाको सातवटै वडामा सर्वसम्मत उम्मेद्वारको टुंगो लगाएको हो । व्यास नगरपालिकाका केही वडामा पनि उम्मेद्वारको टुंगो लागेको माओवादी केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना