१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

स्थानीय तहकाे उम्मेद्वार बन्न कांग्रेसमा होडबाजी, एमाले सर्वसम्मत बनाउने पक्षमा

२५ चैत्र २०७८, शुक्रबार ११:४६

चैत्र २५, तनहुँ | आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न विभिन्न दलका नेताहरूकाे जिल्लामा होडबाजी देखिएकाे छ । आवश्यक संख्याभन्दा १५ गुणा बढीसम्मले उम्मेद्वार बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् ।

स्थानीय तहको प्रमुखको कुरा छाडौँ यसपालि वडा सदस्य बन्नेको पनि लर्को छ । वडा सदस्य, वडाध्यक्ष, स्थानीय तहका प्रमुख र उपप्रमुख बन्नलाई एक प्रकारको होडबाजी चलेको छ । टिकट पाए ठिकै छ नभए अर्कोपटकलाई दावा गर्नलाई पनि सहज हुन्छ भनेर धेरैले आकंक्षा देखाइरहेका छन् ।

विशेषत: नेपाली कांग्रेसले उम्मेद्वार हुन चाहनेको आवेदन लिएर नामावली माथिल्लो कार्यसमितिमा पठाउँदैछ । अन्य दलकोको तुलनामा कांग्रेसमा आकांक्षी पनि धेरै देखिन्छन् । जिल्लाको व्यास नगरपालिका-११ मा मात्रै कांग्रेसबाट १७ जना वडाध्यक्षका आकांक्षी छन् । चारजना वडा सदस्यका लागि पनि आकांक्षीको सूची लामै छ । २६ जनाले वडा सदस्य बन्नलाई आकांक्षा देखिएका छन् ।

स्थानीय तहको प्रमुख बन्नलाई कांग्रेसमा सयौँको रस्साकस्सी छ । संविधानसभा सदस्यदेखि पत्रकारसम्म कांग्रेसमा स्थानीय तहको प्रमुख बन्न दाबी गरिरहेका छन् । जिल्लाका १० स्थानीय तहमा प्रमुख बन्न १०८ जनाले इच्छा देखाएका छन् ।  उपप्रमुख बन्ने आकांक्षी प्रमुखको तुलनामा आधा कम ५३ जना छन् । 

व्यास नगरपालिकाको मेयरमा कांग्रेसमा १५ जनाले आकांक्षा देखाएका छन् । उपमेयरमा सातजना आकांक्षी छन् । भानुमा पनि मेयर बन्न उस्तै लर्को छ आकांक्षीको । १५ जनाले मेयरमा दाबी गरेका छन् । उपमेयरमा ६ जनाले आवेदन दिएका छन् । शुक्लागण्डकीको मेयरमा १० र उपमेयरमा आठजना आकांक्षी छन् । भिमादको मेयर बन्न ६ र उपमेयरमा आठजनाको दाबी परेको छ । 

बन्दीपुर गाउँपालिकामा अध्यक्ष बन्ने आकांक्षी १४ जना छन् । उपाध्यक्षमा पाँचजनाको दाबी छ । ऋषिङको अध्यक्ष बन्न १३ र उपाध्यक्षमा पाँचजनाले दाबी प्रस्तुत गरिरहेका छन् । घिरिङमा अध्यक्षका लागि आठ र उपाध्यक्षमा दुईजनाको दाबेदारी परेको छ ।

देवघाटमा अध्यक्ष बन्न नाै र उपाध्यक्षमा पाँचजना कांग्रेसीले आकांक्षा व्यक्त गरेका छन् । आँबुखैरेनीको अध्यक्षमा ११ जनाले आवदेन दिएका छन् । उपाध्यक्षमा चारजनाले आकांक्षा व्यक्त गरेका छन्।  म्याग्देको अध्यक्षमा सात र उपाध्यक्षमा चारजनाको दाबी छ । 

आकांक्षीको संख्या घटाउन वडा र स्थानीय तहमा छलफल भइरहेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए । "जतिसक्दो थोरै आकांक्षीको नाम पठाउन भनेका छौ," उनले भने ।  नेताहरू महत्वाकांक्षी बन्न खोज्दा आकांक्षी धेरै भएको उनी बताउँछन् । भन्छन्, "अलिक बढी महत्व दिएर आकांक्षा व्यक्त गर्नुभएका साथीहरू हुनुहुन्छ । कतिपय पुराना साथीहरू हुनुहुन्छ, उहाँहरूले दाबी गर्नु स्वाभाविक छ । कतिपय साथीहरूले अर्को उम्मेद्वारलाई समर्थन गर्नलाई दाबेदारी प्रस्तुत गरिरहनुभएको हो ।"

कांग्रेसमा वडाको टिकटको छिनोफानो प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले बनाएको संसदीय समितिले गर्नेछ । गाउँपालिकाको जिल्ला कार्यसमितिको संसदीय समितिले टुंगो लगाउनेछ भने नगरपालिकाको जिल्ला कार्यसमितिले गण्डकी प्रदेश समितिमा सिफारिस गर्नेछ । आकांक्षीको सूची लामो भएकाले उम्मेद्वारको छिनोफानो लगाउन कांग्रेसलाई निकै सकस हुने देखिन्छ ।

एमालेले पनि वडाका उम्मेद्वारको आकांक्षा बुझेर सूची तयार पार्दैछ । "सकभर सर्वसम्मत टुंग्याउने नीति लिएका छौँ । नभए वडाबाट तीनजनाको नाम सिफारिस हुनेछ," एमाले जिल्ला कमिटी उपसचिव खिमबहादुर कुमालले भने । 

केही स्थानीय तहको प्रमुख उपप्रमुखमा एमालेमा पनि आकांक्षी सूची लामै पाइन्छ । घिरिङको अध्यक्षमा पाँचजना आकांक्षी छन् । भानु नगरपालिकाको मेयर पदमा एमालेको नगर कमिटीको बैठकमा सात र चारजनाले उपमेयरमा आकांक्षा व्यक्त गरेका छन् ।

माओवादी केन्द्रले भने केही वडामा मात्र उम्मेद्वारको टुंगो लगाएको छ । म्याग्दे गाउँपालिकाको सातवटै वडामा सर्वसम्मत उम्मेद्वारको टुंगो लगाएको हो । व्यास नगरपालिकाका केही वडामा पनि उम्मेद्वारको टुंगो लागेको माओवादी केन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल