१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी हुन् गोदावरी नगरपालिकाका मेयर आकांक्षी

२६ चैत्र २०७८, शनिबार १०:०८

चैत्र २६, चापागाउँ (लालितपुर) | स्थानीय निर्वाचन आउन एक महिना बाँकी रहँदा मध्यललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा मेयरको आकांक्षा राख्नेहरूको बढीरहेका छन् । 

एमालेभित्र संघीय सांसद चेतनाथ सञ्जेल र नेता गम्भीर रानाको मेयर पदमा उम्मेदवारी चर्चा सुरू भएको छ ।

नेपाली कांग्रेसमा मेयर गजेन्द्र महर्जनको टिमनै दोहोरिने दाउमा छ भने पुरुषोत्तम सिलवाल, चक्र महर्जन र रामशरण घिमिरेलगायत दावेदारी प्रस्तुत गर्न दौडधुपमा छन् ।

माओवादी केन्द्रका महेन्द्र श्रेष्ठ, भाग्यराम महर्जन, न्हुँच्छेराम महर्जन रामप्रसाद दाहालले पनि मेयरको आकांक्षा देखाएका छन् । माओवादीबाट गोदावरी नगरका अध्यक्ष समेत रहेका महर्जन गठबन्धनसँग मिलेर उम्मेदवारी दिने तयारीमा छन् । उनी भन्छन्, ‘सम्मानजनक अवस्था नभए हामी एक्लै पनि लड्ने सम्भावना छ ।’ 

बागमती प्रदेशका सांसद समेत रहेका एमाले नेता चेतनाथ सञ्जेल कार्यकर्ताहरूले मेयर जित्ने उम्मेदवार आफू भएको चर्चा हुने गरेको बताउँछन् । भन्छन्, ‘मैले रहर गरेर मात्रै हँुदैन । पार्टीले जिम्मेवारी दिए भाग्न पनि मिल्दैन ।’

स्थानीय नेता राना भने आफू मेयर पदको उम्मेदवारीको पक्षमा खुलेरै बहस सुरु गरेको बताउँछन् । ‘मैले मेयरको दावी गरेर अघि बढेको छु । खै मैले त कसैले एमालेबाट मेयरको दावी मेरो हो भनेर अघि बढेको देखेको छैन । कोठाकोठामा चाँही के हुन्छ थाहा छैन ।’ उनी भन्छन् । एमाले गोदावरी नगर कमिटी अध्यक्ष प्रभाकर थापा, ब्रम्हानन्द श्रेष्ठ, रघुनाथ महर्जन र रमेशचन्द्र घिमिरेलगायत मेयरको लागि कार्यकर्ता पंक्तिमा चर्चा हुने गरेको छ । नाम नबताउने शर्तमा एक नेताले भने, ‘एमाले पंक्तिमा मेयरको उम्मेदवारीको चर्चा गम्भीर र चेतनाथको धेरै नै भइरहेको छ । उहाँहरूको कुरा मिलेन भने तेस्रो व्यक्तिको लागि हानथाप होला ।’ 

सांसद सञ्जेलले नगरपालिकामा उम्मेदवारी दिने अवस्थामा सांसद पद रिक्त हुने र फेरि निर्वाचन गर्नुपर्ने अवस्थाका कारण मेयरमा पार्टीले टिकट दिने सम्भावना कम रहेको उनको भनाइ छ ।

नगरपालिकाका प्रवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता मिलन सिलवाल नगरपालिकाका सबै पदाधिकारी फेरि दोहो¥याउने इच्छा देखाइरहेको बताउँछन् । भन्छन्, ‘म आफै पनि गोदावरी–५ नम्बर वडामा फेरि उम्मेदवारी दिने इच्छा व्यक्त गरिरहेको छु ।’ नगरपालिकाका प्रवक्ता सिलवाल नगरपालिकामा आउनासाथ भौतिक संरचना र कानुन नहुँदा भने जसरी काम गर्न नसकेको बताउँछन् । भन्छन्, ‘हामीलाई कोरोनाका कारण काम गर्ने भन्दा पनि जनताको ज्यान जोगाउनतिर लाग्नु पर्यो ।’

उपमेयर मुना अधिकारी स्थानीय निकायमा भर्खर काम गर्ने वातावरण बनेकोले उपमेयरमा फेरि उम्मेदवारीको आकांक्षा राखेको बताउँछिन् । भन्छिन्, ‘सुरुका दिनमा कसरी काम गर्ने धेरै अन्यौल थियो । आफ्नो भवन थिएन कानुन थिएन । लामो समय स्थानीय निकाय रिक्त थियो । कसरी काम गर्ने सिकाइदिने मान्छे थिएनन् ।’

एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाले भने आफ्नो पार्टीमा उम्मेदवारीका सम्बन्धमा छलफल चलिनसकेको बताउँछन् । उनी भन्छन्, ‘गठबन्धनमा रहेका दलहरूको जिल्लामा भर्खर संयन्त्र बनेको छ । हामी निर्णय गरेर साझा उम्मेदवार छान्छौं ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल