2026-09-08 11:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यी हुन् गोदावरी नगरपालिकाका मेयर आकांक्षी

चैत्र २६, चापागाउँ (लालितपुर) | स्थानीय निर्वाचन आउन एक महिना बाँकी रहँदा मध्यललितपुरको गोदावरी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा मेयरको आकांक्षा राख्नेहरूको बढीरहेका छन् । 

एमालेभित्र संघीय सांसद चेतनाथ सञ्जेल र नेता गम्भीर रानाको मेयर पदमा उम्मेदवारी चर्चा सुरू भएको छ ।

नेपाली कांग्रेसमा मेयर गजेन्द्र महर्जनको टिमनै दोहोरिने दाउमा छ भने पुरुषोत्तम सिलवाल, चक्र महर्जन र रामशरण घिमिरेलगायत दावेदारी प्रस्तुत गर्न दौडधुपमा छन् ।

माओवादी केन्द्रका महेन्द्र श्रेष्ठ, भाग्यराम महर्जन, न्हुँच्छेराम महर्जन रामप्रसाद दाहालले पनि मेयरको आकांक्षा देखाएका छन् । माओवादीबाट गोदावरी नगरका अध्यक्ष समेत रहेका महर्जन गठबन्धनसँग मिलेर उम्मेदवारी दिने तयारीमा छन् । उनी भन्छन्, ‘सम्मानजनक अवस्था नभए हामी एक्लै पनि लड्ने सम्भावना छ ।’ 

बागमती प्रदेशका सांसद समेत रहेका एमाले नेता चेतनाथ सञ्जेल कार्यकर्ताहरूले मेयर जित्ने उम्मेदवार आफू भएको चर्चा हुने गरेको बताउँछन् । भन्छन्, ‘मैले रहर गरेर मात्रै हँुदैन । पार्टीले जिम्मेवारी दिए भाग्न पनि मिल्दैन ।’

स्थानीय नेता राना भने आफू मेयर पदको उम्मेदवारीको पक्षमा खुलेरै बहस सुरु गरेको बताउँछन् । ‘मैले मेयरको दावी गरेर अघि बढेको छु । खै मैले त कसैले एमालेबाट मेयरको दावी मेरो हो भनेर अघि बढेको देखेको छैन । कोठाकोठामा चाँही के हुन्छ थाहा छैन ।’ उनी भन्छन् । एमाले गोदावरी नगर कमिटी अध्यक्ष प्रभाकर थापा, ब्रम्हानन्द श्रेष्ठ, रघुनाथ महर्जन र रमेशचन्द्र घिमिरेलगायत मेयरको लागि कार्यकर्ता पंक्तिमा चर्चा हुने गरेको छ । नाम नबताउने शर्तमा एक नेताले भने, ‘एमाले पंक्तिमा मेयरको उम्मेदवारीको चर्चा गम्भीर र चेतनाथको धेरै नै भइरहेको छ । उहाँहरूको कुरा मिलेन भने तेस्रो व्यक्तिको लागि हानथाप होला ।’ 

सांसद सञ्जेलले नगरपालिकामा उम्मेदवारी दिने अवस्थामा सांसद पद रिक्त हुने र फेरि निर्वाचन गर्नुपर्ने अवस्थाका कारण मेयरमा पार्टीले टिकट दिने सम्भावना कम रहेको उनको भनाइ छ ।

नगरपालिकाका प्रवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता मिलन सिलवाल नगरपालिकाका सबै पदाधिकारी फेरि दोहो¥याउने इच्छा देखाइरहेको बताउँछन् । भन्छन्, ‘म आफै पनि गोदावरी–५ नम्बर वडामा फेरि उम्मेदवारी दिने इच्छा व्यक्त गरिरहेको छु ।’ नगरपालिकाका प्रवक्ता सिलवाल नगरपालिकामा आउनासाथ भौतिक संरचना र कानुन नहुँदा भने जसरी काम गर्न नसकेको बताउँछन् । भन्छन्, ‘हामीलाई कोरोनाका कारण काम गर्ने भन्दा पनि जनताको ज्यान जोगाउनतिर लाग्नु पर्यो ।’

उपमेयर मुना अधिकारी स्थानीय निकायमा भर्खर काम गर्ने वातावरण बनेकोले उपमेयरमा फेरि उम्मेदवारीको आकांक्षा राखेको बताउँछिन् । भन्छिन्, ‘सुरुका दिनमा कसरी काम गर्ने धेरै अन्यौल थियो । आफ्नो भवन थिएन कानुन थिएन । लामो समय स्थानीय निकाय रिक्त थियो । कसरी काम गर्ने सिकाइदिने मान्छे थिएनन् ।’

एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाले भने आफ्नो पार्टीमा उम्मेदवारीका सम्बन्धमा छलफल चलिनसकेको बताउँछन् । उनी भन्छन्, ‘गठबन्धनमा रहेका दलहरूको जिल्लामा भर्खर संयन्त्र बनेको छ । हामी निर्णय गरेर साझा उम्मेदवार छान्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो