2026-07-25 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महिलाले नै महिला नेतृत्व जन्माउनुपर्छ : उपमेयर सत्याल

चैत्र २७, ललितपुर | ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल गठबन्धन हुँदा महिला प्रतिनिधिको सहभागिता घट्छ कि भन्नेमा डर भएको बताएकी छन् । सत्यालले यो विषयमा पार्टीभित्र नेतृत्व तहमा नै लबिङ हुनुपर्ने बताइन् । रातोपाटीसँगको कुराकानीमा उनले निर्वाचनमा पुरुषलाई मात्र मेयर र उपमेयर उठाइदिने हो भने महिलाको कोटा कम हुने बताइन्  ।

उनले भनिन्, “जुनसुकै पार्टीले तालमेल गरेपनि महिलाको कोटा पुर्याउनै पर्छ । महिलाको कोटा पुगे नपुगेको निगरानी निर्वाचन आयोगले राख्नुपर्छ ।”संविधानले सुरक्षा गरेको महिला कोटामा गठबन्धनकै कारणले महिलाले नपाउने स्थिति सिर्जना हुन नुहने उनले बताइन् ।

महिलाले पारदर्शी, सुशासन र जवाफदेहिता सहित नेतृत्व हाँक्न सक्ने उनको दाबी थियो । उनले भनिन्– “हिजोका दिनमा महिलाले के गर्न सक्छन् भन्ने थियो तर महिलाले दोस्रो तहमा रहेर पनि कुशलतापूर्वक नेतृत्व गर्न सक्ने देखाइसकेका छन्, अब महिलाले चुनाव जित्दैनन् कि भनेर पार्टी नपत्याउने अवस्था छैन ।” 

आगामी चुनावमा पनि आफ्नो दाबी नगर प्रमुख नै रहने उनले बताइन् । “अब महानगरपालिका कसरी सञ्चालन गर्ने भन्ने कुरा ज्ञानको हासिल भएको छ । हिजो महिलालाई राजनीतिमा ल्याउन धेरै चुनौती थियो । आज त्यो चुनौती अवसरका रुपमा परिणत भएको छ । अब प्रमुखमा ३३ प्रतिशत महिला आउनुपर्छ र त्यसमा आफू पर्छु भन्ने विश्वास छ।” गठबन्धनको विषयमा केन्द्रको निर्णयलाई समर्थन गर्ने बताउँदै उनले भनिन्, “केन्द्रको निर्णयलाई मान्छु तर मेरो क्षेत्रको हकमा काँग्रेसले कसैसँग गठबन्धन नगरेपनि चुनाव जित्छ भन्ने कुरामा ढुक्क छु ।”

समग्रमा पाँचवर्षे कार्यकाल एक सिकाइको रुपमा रहेको उनको भनाइ छ  । सत्यालले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ४७ (१) र (२) ले दिएका अधिकार र कर्तव्यमा रहेर काम गरेको सुनाइन् । न्याय निरुपणमा मेलमिलापको विषयलाई जोड दिएर काम गरेको बताउँदै उनले सम्बन्धविच्छेदका मुद्दा, जमिन मुनिको पानी उत्खनन गरेर बिक्री वितरण गरेको विषय र लिभिङ टुगेदर जस्ता मुद्दामा आफुले काम गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक