भदौ १५, चितवन । रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, चितवन । रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताएका छन् । 

2026-08-30 05:27 PM
काठमाडौँ - KTM

‘संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिन्छ’

भदौ १५, चितवन । रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताएका छन् । 

बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पु¥याएको भूमिका महत्वपूर्ण रहेको बताए । फरक प्रसङ्गमा मन्त्री खाँडले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने बताए । 

त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको उनको भनाई थियो । मन्त्री खाँडले भने-, “संविधान संशोधनका लागि साझा धारणा बनाउने काम सुरु भएको छ ।” मधेसवादी दलले राखेका मागको सम्बोधनपछि मात्र उनीहरु सरकारमा आउने वा नआउने टुङ्गो लाग्ने पनि मन्त्री खाँडले बताए । 

संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले स्थानीय निकायको निर्वाचन समयमा नै हुने बताए । संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास उनले व्यक्त गरे । 

राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको केन्द्रमा पुग्न बास बस्नुपर्ने अवस्था आउन नहुने र सानो भएर खर्च नधान्ने पनि हुन नहुने उनले बताए । नेपाली काँग्रेसका नेता खाँडले पार्टी विधानसम्मतरुपमा चल्ने कुरामा आफूले सहयोग गर्ने पनि जानकारी दिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने