१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायाे

१२ बैशाख २०७९, सोमबार ०२:४३

वैशाख १२, खोटाङ । खोटाङका सबै स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएकाे छ । एमाले जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले दुई नगरपालिका र आठ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार टुंगो लगाएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कुमार आचार्य, उपमेयरमा बिणादेबी राई र राजकुमारी राईलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकीलाई अघि सारिएको एमालेले जनाएको छ । 

यस्तै, साकेला गाउँपालिका अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, बराहपोखरी गाउँपालिका अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा हरि पोखरेल र उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुण थापा मगर, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा शंखरबहादुर राई, उपाध्यक्षमा बिमला राई, खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजन बञ्जरा, केपिलासगढी गाउँपालिका अध्यक्षमा कृष्णकुमार राई र उपाध्यक्षमा उमा गुरुङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गृहेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेद्वार बनाउने टुंगो लगाइएको एमालेले जनाएको छ । 

एमालेले दुई स्थानीय तहमा महिलालाई प्रमुखमा अघि सारेको देखिएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा खोटेहाङ गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी कविता राई र बराहपोखरी गाउँपालिका उपाध्यक्ष निर्वाचित गोमा मगर यसपल्ट अध्यक्षका उम्मेद्वार बनाइएका हुुन्  ।

२०७४ सालकै निर्वाचनमा केपिलासगढी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा निर्वाचित शंखरबहादुर राई, उपाध्यक्षमा निर्वाचित विमला राई तथा ऐसेलुखर्क गाउँपालिका उपाध्यक्षमा चुनिएकी पुष्पकला भुजेलले पुःन दोश्रो कार्यकालका लागि यथास्थानमा चुनाव लड्ने मौका पाएका हुन् । २०७४ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा चुनिएका दिपनारायण रिजाल, खोटेहाङ गाउँपालिका अध्यक्षमा निर्वाचित प्रदीप राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा निर्वाचित लिलानाथ निरौला, रावाबेँसी गाउँपालिकाकै उपाध्यक्षमा निर्वाचित समला राई र केपिलासगढी गाउँपालिका उपाध्यक्षमा चुनिएकी हिरादेबी वन चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् । 

एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा भने दुई जनाको नाम सिफारिस गरेको छ । यसअघि उपमेयरमा निर्वाचित भएकी बिणादेबी राई दोश्रो कार्यकालका लागि सोही पदमा सिफारिस भएकी हुन् । यद्यपी उपमेयरमा सिफारिस गरिएकोप्रति बिणादेबीको चर्को असन्तुष्टि देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार