२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायाे

१२ बैशाख २०७९, सोमबार ०२:४३

वैशाख १२, खोटाङ । खोटाङका सबै स्थानीय तहमा नेकपा एमालेले प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएकाे छ । एमाले जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले दुई नगरपालिका र आठ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार टुंगो लगाएको हो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कुमार आचार्य, उपमेयरमा बिणादेबी राई र राजकुमारी राईलाई उम्मेद्वार बनाउने निर्णय गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकीलाई अघि सारिएको एमालेले जनाएको छ । 

यस्तै, साकेला गाउँपालिका अध्यक्षमा गोपीकृष्ण खड्का र उपाध्यक्षमा दिलकुमारी राई, बराहपोखरी गाउँपालिका अध्यक्षमा गोमा मगर र उपाध्यक्षमा जीवनकुमार राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा हरि पोखरेल र उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुण थापा मगर, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा शंखरबहादुर राई, उपाध्यक्षमा बिमला राई, खोटेहाङ गाउँपालिका अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजन बञ्जरा, केपिलासगढी गाउँपालिका अध्यक्षमा कृष्णकुमार राई र उपाध्यक्षमा उमा गुरुङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा गृहेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेद्वार बनाउने टुंगो लगाइएको एमालेले जनाएको छ । 

एमालेले दुई स्थानीय तहमा महिलालाई प्रमुखमा अघि सारेको देखिएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा खोटेहाङ गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी कविता राई र बराहपोखरी गाउँपालिका उपाध्यक्ष निर्वाचित गोमा मगर यसपल्ट अध्यक्षका उम्मेद्वार बनाइएका हुुन्  ।

२०७४ सालकै निर्वाचनमा केपिलासगढी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिका अध्यक्षमा निर्वाचित शंखरबहादुर राई, उपाध्यक्षमा निर्वाचित विमला राई तथा ऐसेलुखर्क गाउँपालिका उपाध्यक्षमा चुनिएकी पुष्पकला भुजेलले पुःन दोश्रो कार्यकालका लागि यथास्थानमा चुनाव लड्ने मौका पाएका हुन् । २०७४ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा चुनिएका दिपनारायण रिजाल, खोटेहाङ गाउँपालिका अध्यक्षमा निर्वाचित प्रदीप राई, रावाबेँसी गाउँपालिका अध्यक्षमा निर्वाचित लिलानाथ निरौला, रावाबेँसी गाउँपालिकाकै उपाध्यक्षमा निर्वाचित समला राई र केपिलासगढी गाउँपालिका उपाध्यक्षमा चुनिएकी हिरादेबी वन चुनावी प्रतिष्पर्धाबाट बाहिरिएका छन् । 

एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा भने दुई जनाको नाम सिफारिस गरेको छ । यसअघि उपमेयरमा निर्वाचित भएकी बिणादेबी राई दोश्रो कार्यकालका लागि सोही पदमा सिफारिस भएकी हुन् । यद्यपी उपमेयरमा सिफारिस गरिएकोप्रति बिणादेबीको चर्को असन्तुष्टि देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान