2026-08-31 06:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनका बागी फकाउँदै प्रचण्डदेखि रामचन्द्रसम्म, जगन्नाथकाे जवाफ- कुनै हालतमा पनि पछि हट्दिनँ

वैशाख २२, काठमाडौं | सत्ता गठबन्धनलाई चितवन भरतपुर महानगरकाका बागी उम्मेद्वार जगन्नाथ पौडेल टाउको दुखाइको विषय बनेकाे छ । कांग्रेस नेता समेत रहेका पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि यतिबेला उनलाई फकाउन सत्ता गठबन्धन पुरै हात धोएरै लागेकाे छ । 

सत्ता साझेदार मध्येका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल पनि भरतपुरमा मेयरकी उम्मेदवार हुन्। उनको उम्मेदवारीप्रति असन्तुष्ट बनेको नेपाली कांग्रेस चितवनको तर्फबाट पौडेललले बागी उम्मेदवारी दिएका थिए ।

बागी उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्न उनलाई फकाउन पुरै सत्ता लागि परेको छ । तर, उनी भने आफ्नो उम्मेदवारीबाट एक इन्च पनि पछि नहट्ने अडानमा छन् ।  

नेपाली कांग्रेसले उनलाई पार्टीबाट निस्कासन गरिसकेको छ । तर, पनि नेताहरू उनलाई उम्मेदवारी फिर्ता गराउन लागि परेका छन् । उम्मेदवारी फिर्ता लिएर रेणुलाई सहयोग गर्ने विषयमा कुरा गर्न खोज्दा उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न अस्वीकार गरेका छन् । 

यही क्रममा उनलाई आज विहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरेका थिए । करिब १० मिनेट भएको भेटमा रामचन्द्रले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । यति मात्र नभएर सभापति देउवासँग भेट गर्न समेत अनुरोध गरेका थिए । तर, उनले उम्मेदवारी फिर्ता लिन र देउवासँग भेट्न अस्वीकार गरे । 

भरतपुरस्थित होटल सिरागचुलीमा रामचन्द्र र जगन्नाथसहित उनी पक्षधर नेताबीच छोटो कुराकानी भएको हो । जगन्नाथसँगै उनको प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक रहेकी मीना खरेल र पूर्व सांसद् भीमबहादुर श्रेष्ठ लगायतका नेतासँग राचमन्द्रले भेट गरेका थिए । 

भेटको क्रममा आफूहरूले पुरानै अडान राखेको जगन्नाथले बताए । ‘हामीले पुरानै अडान राख्यौं । यदि मैले पछि हट्नुपर्छ भने रेणु दाहालको पनि उम्मेदवारी फिर्ता हुनुपर्छ,’ रामचन्द्रसँगको भेटबारे जगन्नाथले भने, ‘त्यसपछि यहाँ कांग्रेस आफैंले मेयरमा लड्नुपर्छ । यदि त्यसो हुन्छ भने मात्र म पछि हट्छु नत्र हट्दिन ।’रामचन्द्रले देशभर गठबन्धन बनेकाले यहाँबाट उम्मेदवारी फिर्ता लिएर सहयोग गरिदिनुपर्‍यो भनेका थिए । तर, आफू निकै अघि बढिसकेको भन्दै कुनै पनि हालतमा पछि हट्न नसक्ने जानकारी गराएर आफू चुनावी अभियानका लागि निस्किएको उनको भनाइ छ । 

भेट अघि रामचन्द्रले पटक पटक फोन गरेर भेट्न आग्रह गरेका थिए । आफूहरू घरदैलो अभियानमा व्यस्त रहेको भन्दै उनीहरूले भेट गर्न अस्वीकार गरेका थिए । तर, पटक पटक फाेन गरेपछि उनी छोटो समयका लागि भेट गर्न तयार भएका हुन् । भरतपुर महानगरमा सत्ता गठबन्धनबाट रेणु दाहाल मेयर र कांग्रेसको तर्फबाट चित्रसेन अधिकारी उप-मेयरका उम्मेदवार बनेका छन् । 

चुनावी तालमेलको विपक्षमा रहेको कांग्रेसको असन्तुष्ट पक्षले जगन्नाथलाई मेयरको उम्मेदवार बनाएको थियो । उनलाई फकाउने रामचन्द्र पहिलो नेता भने होइनन् । यसअघि गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले जगन्नाथलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । 

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको विशेष दूत बनेर काठमाडौंबाट चितवन पुगेका गृहमन्त्री खाणले जगन्नाथलाई घरमै पुगेर फकाए । बागी फकाउन उनी १४ वैशाखमा चितवनस्थित उनकै घरमा पुगेका थिए । बागी फकाउन चितवन पुगेका गृहमन्त्री खाँण रित्तो हात काठमाडौं फर्किए ।

उनीसँगको भेटमा जगन्नाथले आफू निकै अघि बढिसकेको र पछि फर्किने अवस्था नरहेको प्रष्ट पारेका थिए । बागी उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि खाण १६ वैशाखमा काठमाडौं फर्किएका थिए । यसै बीचमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री श्रेष्ठले पनि उनलाई फकाउने प्रयास गरेका थिए । तर, उनीसँग पनि जगन्नाथले पुरानै जवाफ दिएका थिए । 

उम्मेदवारी दिनुअघि नै कांग्रेसले बागी उठाने संकेत पाएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि त्यसबारे कांग्रेसको ध्यानाकर्षण गराएका थिए । कांग्रेस नेताहरूसँगको भेटमा प्रचण्डले बागी उम्मेदवारीबारे नसोच्न आग्रह गरेका थिए । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा रेणुलाई सहयोग गरेको भन्दै यसपटकको निर्वाचनमा कांग्रेसलाई माओवादीले सघाउनु पर्ने कांग्रेस चितवनका नेता कार्यकर्ताको माग थियो । तर, प्रचण्डले सत्ता गठबन्धन बैठकमा चितवन आफूले जित्न सजिलो हुने बताउँदै मेयरमा आफ्नो भागमा लिएर रेणुलाई मेयरमा उठाएका थिए । तर, कांग्रेसको तर्फबाट जगन्नाथ बागी उठेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने