<p><b>वैशाख २४, हेटौंडा | </b>मकवानपुरमा आज शनिबारबाट सवारीसाधनमा माइकिङ तथा सार्वजनिक सवारी साधनमा झण्डा राख्न नपाइने भएको छ । सयौँ सवारीमा ठुलो ध्वनिमा चुनावी माइकिङ गर्ने क्रम बढेपछि आजदेखि सवारीसाधनमा माइकिङ गर्न तथा सार्वजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको हो ।<br></p><p>जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडीमार्फत् हुने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै आजबाट बन्द गर्ने निर्णय गरेको हो । अब सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिनेछ ।</p>
Related News


