2026-10-23 02:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महालक्ष्मी नगरपालिका: यस्ताे छ दलहरूकाे अवस्था

वैशाख २५, ललितपुर | ललितपुरको महालक्ष्मी नगरपालिकामा चुनावी सरगर्मी तीव्र बढेकाे छ । २०७४ को स्थानीय निर्वाचनमा एमालेका रामेश्वर श्रेष्ठले मेयरमा जितेका थिए । श्रेष्ठले सात हजार ६४ मत ल्याई कांग्रेसका महेश खड्कालाई झिनो मतान्तरले पराजित गरेका थिए । खड्काले ६ हजार पाँच सय मत ल्याएका थिए ।

अहिले कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएकाे छ । मेयरमा माओवादी केन्द्रका शिवप्रसाद कट्टेल छन् । उपमेयर कांग्रेसले पाएकाे छ । 

एमाले विभाजनकाे असर महालक्ष्मी नगरपालिकामा बढी पर्ने अनुमान गरिएकाे छ । तर पनि प्रतिस्पर्धा सत्तारुढ गठबन्धनका उम्मेदवार कट्टेल र एमालेका हरिगोविन्द श्रेष्ठबीच नै हुने देखिन्छ ।

नगरपालिकामा सबै पदमा गरेर दुई सय ३५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये मेयरमा नाै र उपमेयरमा पाँचजना उम्मेदवार छन् । १० वटा वडाको नगरपालिकामा वडाध्यक्षमा ५६ जना, वडा सदस्यमा ८६ जना, महिला सदस्यमा ४५ जना र  दलित महिला सदस्यमा ३२ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन उठेकी छन् । एमालेबाट उपमेयरमा विना सुवेदी केसी मैदानमा छिन्। 

मेयर उम्मेदवार कट्टेलले ग्वार्कोमा फ्लाइओभर निमार्णदेखि, स्वास्थ्य, शिक्षा, खानेपानी, ढल व्यवस्थापन, युवा स्वराेजगार, पर्यटन प्रवर्द्धनलगायतका एजेन्डा अघि सारेका छन् । ‘नगरबासीको इच्छाअनुसार नै नगरपालिकाको विकासका लागि मैले मेयरको उम्मेद्वारी दिएको हुँ । विद्यमान सम्पूर्ण समस्यालाई समाधान गर्ने र नगरलाई थप विकास गर्दै अगाडि बढ्ने मेरो योजना हो’,उनी भन्छन् । 

बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लामध्येको ललितपुरको उत्तरपूर्वमा महालक्ष्मी नगरपालिका पर्छ । साविकका पाँच गाविस इमाडोल, टीकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर नगरपालिका घोषणा भएको हो ।  

२०७८ को जनगणनाअनुसार महालक्ष्मी नगरपालिकामा ३६ हजारभन्दा बढी मतदाता छन् । २०६८ को जनगणनामा मतदाताको संख्या २५ हजार मात्र थियो । करिब २६ दशमलव ५ वर्ग किलोमिटरमा फैलिएको यो नगरपालिकाको पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको छ । यस्तै उत्तरमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकासँग यो नगरपालिकाको सीमा जोडिएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने वैकल्पिक मार्गको रूपमा विकास हुँदै गरेको ग्वार्को-लुभु-लामाटार-मानेदोभान-पनौती हुँदै बिपी लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको मध्य भाग भएर गएका कारणले पनि नगरपालिकाको विकासको अधिक सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने