२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बाबुराम भट्टराईलाई गृहनगर जिताउन धौ धाै !

२०७९, २६ बैशाख सोमबार ०५:३७

वैशाख २६, गोरखा | स्थानीय निर्वाचनबाट आगामी पाँच वर्षका लागि गोरखामा चार सय ९२ जना नयाँ जनप्रतिनिधि चुनिँदैछन् । दुई नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा वडा छ ।  अहिले यी सबै स्थानीय तहमा दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । 

जिल्लामा सत्तारुढ दल (कांग्रेस, माओवादी, जसपा र नेकपा एस) को गठबन्धनका लागि प्रयास भए पनि भागबन्डा मिलेन । सत्तारुण दलका शीर्ष नेताहरूको आफ्नो निर्वाचन क्षेत्रमा पकड लिने र साख जोगाउने स्वार्थका कारण गठबन्धन हुन नसकेको हो । 

अहिले कतिपय पालिकामा सत्तारुढ गठबन्धनका दलहरू एकल प्रतिस्पर्धामा छन् भने कतिपय ठाउँमा गठबन्धन पनि गरेका छन् । गठबन्धन नभएको र आफूहरू कमजोर भएको गृहपालिकामा सबै राजनीतिक दलका शीर्ष नेताहरू जोडबलका साथ आफ्नो उम्मेद्वारलाई जिताउने अभियानमा खटिरहेका छन् । 

पालुङटारमा सबैकाे ध्यान

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गत शुक्रबारदेखि गृहनगर पालुङटारमा चुनावी अभियानमा सक्रिय छन् । उनले आफ्नो पार्टीको मेयर पदका उम्मेद्वारलाई जिताउन कांग्रेससँग गठबन्धन गर्ने अनेक तिक्डम अपनाएका थिए । तर, पालुङटार जसपालाई छाड्न कांग्रेस तयार भएन । अन्तत : अहिले त्यहाँ सबै दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

आफ्ना उमेद्वार जिताउने र आफ्नो गृहनगरमा पार्टीको पकड थप बलियो बनाएर साख जोगाउने भट्टराईको सपना गठबन्धनले पूरा गर्न सकेन । त्यसैले उनी हप्ता दिनदेखि गोरखा नछाडेर पालुङटार केन्द्रित चुनावी प्रचारप्रसारमा व्यस्त छन् । भट्टराईको सचिवालयका अनुसार उनी कहिले बिहान ६ देखि राति १२ बजेसम्म चुनावी कार्यक्रममा सहभागी हुने गरेका छन् ।

तर, पनि उनलाई गृहनगरमा आफ्ना उम्मेद्वार जिताउन निकै धौ धौ पर्ने देखिन्छ । कारण, मेयर पदका उम्मेद्वार छान्ने विषयमै नगरपालिकामा जसपाका आन्तरिक टिमबीच झडपसमेत भएको घटना बाहिरियो । त्यो घटनाले पनि त्यहाँ जसपाप्रति नकारात्मक सन्देश प्रवाह गरिरहेकै छ । 

यस्तै, पालुङटार कांग्रेसले बाबुराम आफ्नो साख जोगाउन गठबन्धनका लागि शेरबहादुर देउवासँग लम्पसार परेको भन्दै प्रचार गरिरहेकै छ । यसकारण पनि जसपाको क्रेजमा कमी आएको छ कि भन्ने आशंका उब्जाएको छ । यद्यपि अहिले जसपाले नगरपालिकामा आफूहरू पहिलो शक्तिको रूपमा उदाएको दाबी गर्ने गरेका छन् । 

२०७४ को स्थानीय तहको मतपरिणाम हेर्दा पालुङटार नगरपालिकामा कांग्रेस पहिलो, माओवादी दोस्रो र जसपा तेस्रो र एमाले चौथौ शक्तिको रूपमा थियाे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक