2026-08-29 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

भूमिकास्थानमा प्रतिष्ठाको लडाई, कसले जित्ला मेयर ?

वैशाख २७, अर्घाखाँची | स्थानीय निर्वाचनको सरगर्मीले यतिवेला भूमिकास्थान नगरपालिकाको माहौल तताएको छ । सत्ता गठबन्धन र एमालेको बीचमा मुख्य प्रतिस्पर्धा हुने यो पालिकामा दुवै पक्ष नै चुनावी प्रचार प्रसारमा सक्रियताका साथ लागेका छन् ।

गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य समेत रहेका नेता झविलाल थापा चुनावी मैदानमा रहँदा नेकपा एमालेले पूर्व नगरप्रमुख रेशम थापालाई प्रतिष्प्रधामा उतारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अर्जुन खनालले नगर प्रमुखमा उम्मेदवारी दिएका भए पनि मुख्य प्रतिस्पर्धा थापा बन्धुहरूकै बीचमा हुने देखिएको छ ।

के छ गत निर्वाचनको अवस्था ?

२०७४ को स्थानीय तहको निर्वाचनमा यो पालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल थियो । तालमेलमा नगरप्रमुखको टिकट पाएका रेशम थापाले ५ हजार ३ सय २० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी जनमोर्चाका कविराम खनालले ४ हजार ५ सय ४२ मत प्राप्त गरेका थिए । तेस्रो भएका एमाले नेता पीताम्बर भुसालले ४ हजार २ सय ५० मत प्राप्त गर्दा नयाँ शक्तिका प्रेम थापाले ४६ र राप्रपाका धन बहादुर रायमाझीले २२ मत प्राप्त गरेका थिए ।

तर अहिले परिस्थिति बदलिएको छ । उबेला गठबन्धन गरेर निर्वाचन जितेका काँग्रेस माओवादीले त्यसवेलाको निकटतम प्रतिद्वन्द्वी जनमोर्चालाई साथ दिएका छन् भने तेस्रो बनेको नेकपा एमाले अहिले पनि एक्लै मैदानमा छ । बरु उसवेला एमालेका तर्फबाट मेयरमा लडेका पीताम्बर भुसाल र नयाँ शक्तिको तर्फबाट निर्वाचन लडेका प्रेम बन्जाडे एकीकृत समाजवादीमा हुनुहुन्छ । एकीकृत समाजवादी समेत अहिले एमाले इतरको गठबन्धनमा छ ।

के निस्केला निर्वाचन परिणाम ?

विगतको निर्वाचनको तेस्रो शक्तिका विरुद्ध सबै एक भएको भूमिकास्थानमा विगतको नतिजा हेर्ने हो भने गठबन्धनको सहज जित देखिन्छ । विगतको निर्वाचनमा कुल १४ हजार ४ सय ५० सय मत मेयरको लागि खसेकोमा एमालेले ४ हजार २ सय ५० मत प्राप्त गरेको थियो । जुन नगर प्रमुखलाई खसेको कुल मतको करिब ३० प्रतिशत हुन आउँछ ।

२०७४ सालको निर्वाचनको मितिदेखि हालसम्म भएको उतारचढावले अहिलेको मतपरिणामलाई कति प्रभाव पार्छ हेर्नै बाँकी छ तर ७० प्रतिशत मत अर्कोतिर अनि ३० प्रतिशत मत आफूतिर भएको अवस्थामा एमालेलाई भूमिकास्थानमा यो पटक जित हासिल गर्नु फलामको च्यूरा चपाउनु सरह हुने देखिन्छ । यद्यपि निर्वाचनको मतगणना अघि मतपरिणामको आकलन गर्न सक्ने अवस्था छैन ।

राजनीतिक जोडघटाउ कस्तो ?

२०७४ सालमा रेशम थापाले क्षेत्रीयताको कारण एमालेको करिब ७०० भोट काटेको अनुमान गरिन्छ । यसर्थ भूमिकास्थानमा एमालेको मत करिब पाँच हजार हो । 

यसबीचमा तत्कालीन निर्वाचनमा एमालेका तर्फबाट मेयरका प्रत्याशी पीताम्बर भुसाल लगायतको समूह नेकपा एकीकृत समाजवादीमा छ । जुन समूहसँग करिब ५०० भोट रहेको अनुमान गरिन्छ । त्यस्तै माओवादीबाट करिब ७०० को हाराहारीमा नेता तथा कार्यकर्ता एमालेमा गएको अनुमान गरिन्छ । जसका कारण यो पटक एमालेको मत ५ हजार दुई समयदेखि ५ हजार ५ सय हुनसक्छ । यो पाँच वर्षको बीचमा थपिएका मतदाता मध्ये १ हजार ५ सय जनाले एमाले रोजेको अवस्थामा यो निर्वाचनमा एमालेको मत ७ हजार देखि ७ हजार ५ सय हाराहारी हुने देखिन्छ ।

यता गत निर्वाचनमा जनमोर्चाको तर्फबाट उम्मेदवार बनेका कविराम खनालले ४ हजार ५ सय मत प्राप्त गरेको भए पनि यो पालिकामा जनमोर्चाको मत ३ हजार ५ सय हाराहारी हो । 

हाल नगर प्रमुखको उम्मेदवार बनेका जनमोर्चाका झविलाल थापाले नेपाली काँग्रेसको ३ हजार, नेकपा माओवादी केन्द्रको ७०० र एकीकृत समाजवादीको ५०० हाराहारी मत प्राप्त गर्दा गठबन्धनतर्फ कुल ७ हजार ७ सय मत हुनसक्छ । जसमा नयाँ थपिएका मतदाता मध्ये २ हजार ५ सयले गठबन्धन रोजेको अवस्थामा झविलाल थापाले १० हजार भन्दा बढी मत प्राप्त गर्ने देखिन्छ । 

यसर्थ यो निर्वाचनमा क्षेत्रीयताको हिसाबले रेशम थापाले नुवाकोट, खिल्जी असुरकोटको मत नकाटेको अवस्थामा र गठबन्धनमा रहेका अन्य राजनीतिक दल निकट मतदाताबाट बेइमान नभएको अवस्थामा दुई हजार देखी २ हजार पाँच सय मतको अन्तरमा गठबन्धन पक्षधर झविलाल थापाले भूमिकास्थानको नेतृत्वमा जित हात पार्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो