२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाको मतदान केन्द्रमा अज्ञात समूहले गोली चलायो, एक जना घाइते

२०७९, ३० बैशाख शुक्रबार १२:०८

वैशाख ३०, गोरखा | स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्रअन्तर्गत सिद्धकाली माविमा गोली लागेर एक कर्मचारी घाइते भएकी छन् ।

मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद भएको थियो । विवादले उग्र रूप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले चलाएको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी घाइते भएकी हुन् ।

निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको बताए । ५५ प्रतिशत मत खसिसकेको अवस्थामा स्थिति तनावग्रस्त बनेको गौतमको भनाइ छ । करिब साढे चार बजेदेखि यहाँ विवाद सिर्जना भएको हो ।

घटना स्थलमै भएका स्थानीय सुनिल लामिछानेले गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनीषा थापा घाइते भएकी बताए । २२ वर्षीया थापाको घुँडामुनि पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

‘घाइतेको उपचारका लागि हेलिकोप्टर मगाएर काठमाडौं लैजाने तयारी भइरहेको छ । हेलिकोप्टर मगाइसकेका छौं’, आचार्यले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी