वैशाख ३१, हेटाैंडा | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।

१ नम्बर वडामा नेपाली कांग्रेसका सुवास थापा मगरले ७५३ मत प्राप्त गरि विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजु बस्नेतले ५९४ मत प्राप्त गरेका छन् ।

यस्तै वडा सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर, बुद्ध घिसिङ्ग, गोमा लामा विजयी भएका छन् भने दलित सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई निर्वाचित भइन् ।